logo
  • सोमबार, असोज १२ २०८३

हावाहुरीको कारण बिजुलीको तारसर्ट हुँदा गुल्मीमा एक घर र २ गोठ जलेर नष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे,गुल्मी बैशाख १९ ।

बुधबार आएको हावाहुरीका कारण गुल्मीका बिभिन्न ठाउँहरुमा क्षती पुगेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ४ मा रहेको जीबनोद्धार माध्यमिक बिधालयको जस्तापाता पुरै उढाइदिएको छ भने मंगलबारबाट सुरु भएको प्रथम कालिगण्डकी महोत्सबको स्टेज लगायत जस्ता पाता र टेन्टहरु उढाएर च्यातिदिएको प्रहरी चौकी पूर्तिघाटका प्रहरी साहयक निरीक्षक खिमानन्द खनालले जानकारी दिए ।

खनालका अनुसार बिधालयको जस्ता उढाईदिदा करिब दूई लाख बराबर र महोत्समा करिब तीन लाख जतिको क्षती पुगेको जानकारी दिए । यसै गरि हाबाहुरीका काराण कालिगण्डकी गाउँपालिका वडा नं ६ खडकोटमा बिजुलीको तार सर्ट हुँदा स्थानीय होम बहादुर थापाको कच्चीघर र गोठ जलेर पुरै नष्ट भएको छ भने स्थानीय डिल बहादुर थापको कच्ची गोठ जलेर परै नष्ट हुनुका साथै तीन वटा भैसी र एउटा बाख्रा जलेर पुरै नष्ट भएको भुर्तुङ प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक बिष्णु बहादुर गाहाले जानकारी दिए । गाहाका अनुसार डिल बहादुर थापाको करिब तीन लाख रुपैया बराबरको क्षती भएको र हुम बहादुर थापाको दूइृ लाख रुपैयाँ बराबरको क्षती भएको जानकारी दिएका छन् । यस्तै कालिगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरमा टेकन सिंजालीको गोठ हावाहुरीकै कारण ढलेको प्रहरी चौकी पुर्तिघाटले जनाएको छ ।

जिल्ला देखी बिकट रहेको र संचारले काम नगरेका कारण जानकारी आउन ढिला भएको हो । यी बाहेका जिल्लामा हाबाहुरीका कारण केही क्षती नभएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend