साझा नेटवर्क
-सज्जन ढकाल ।
राजनिती बिकास परिवर्तन र समृद्धिलाई अगाडि बढाउदै जनताका हक हित सुनिस्चित गर्ने राज्यको नीति र बिधान अनुरुप चल्ने अनुसासन र मर्यादाको सिमा भित्र रहदै शान्ति स्वतन्त्रता र अमन चयन निर्माण गर्ने ससक्त शक्ति हो । यसैको सिमा भित्ररहन नसक्दा विभिन्न पदिय मर्यादाको दुरुपयोग भएको पाइन्छ ।

यो मजबुरि संगै आवस्यकता पनि हुन सक्छ । तर यो सहजै रुपमा अनुमान गर्दा इतिहास साची रहन्छ । त्यो यथार्थ बास्तबिकताको धरातलमा रहदै विश्लेषण गर्दा अकुत सम्पती आर्जन गर्ने माध्यम बन्ने गरेको पाइन्छ । तसर्थ यो परिपाटी यसरी बिक्राल बन्दै गैरहेको छ । सबै संघ-सस्था देखि लिएर कर्मचारी किसान चौतर्फी यसैको जालो बिस्तार हुनु, यो हामी सबैको गल्ती हो । गल्ती कमजोरिलाइ ढाकछोप गर्नु मज्जाको यन्त्र बनेको छ ।
गुण्डागर्दी लुटपाट बलत्कार यसैको ज्वलन्त उदाहरण हो । निर्मला पन्त बलत्कार दोषि पत्ता लाग्न नसक्नु, ३३ किलो सुन प्रकरण चुरामणी उप्रेती गोरे र यो सन्जाल आजसम्म हराउनु बाहिर निकाल्न नसक्नु यसैको प्रतिनिधि पात्र मात्रै हुन । कार्यपालिका, ब्यवस्थापिका, र न्यायलय पक्कै पनि पोलिटिक्सको इसरामा हिड्नु हुदैन ।
तर नेपालमा त्यो पर्दाको रिमोट राजनितिमा हावी भएको पाइन्छ । न्यायलयका श्रीमान उमेर ढाटछल गर्दा रहेछन । यो केवल उदाहरणको प्रतिबिम्ब मात्रै हो । धेरै छन यहाँ ज्वारभाटाहरु समुन्द्रको छाल जस्तो सेकेन्ड सेकेन्डमा उत्पादन भैरहने हिजका सिके राउत र रेसम चौधरि मुद्दाको कुरा नगरौ किनकी न्यायलय कसरी अन्धो बन्दै छ । घाम जस्तै छर्लङ्ग भैसकेको छ ।
हिजोका बिकृती बिसङ्गती भित्र दिनेस अधिकारी चरी र कुमार श्रेष्ठ घैटे मनोज पुन राजनितिले जन्माएका प्रतिमुलक पात्र मात्र हुन । त्यो इन्काउन्टर विरुद्ध सांसदमा कसरी गर्जिय माननीयहरु त्यो सम्पुर्ण नेपालीलाई अवगत भएको कुरा हो । यो बारम्बार स्मरण गरिरहन पर्दैन । सायद विस्वका धेरै मुलुकको तुलनामा नेपाली भाग्यमानी छ्न । किनकी नेपालमा जे अपराध गरेपनी छुट छ । यो भगवानको राजतिनि र अस्थिरताको आशिर्वाद हो ।
एनसेल कर प्रकरण, सरकारी जग्गा अतिक्रमण बालुवाटार, ललिता निवास, खुल्ला मन्च, रत्नपार्कको सबै जालो राजनितीमै जोडिएको छ । कर्मचारी तन्त्रमा ट्रेड युनियनको जालो इमान्दार कार्यालय प्रमुख कुलमान घिसिङ, प्रेम सन्जेल विरुद्ध राज्यले देखाएको गतिविधिबाट प्रष्ट हुन्छ । तरङ्ग र वास्तविक रङ्ग के हो ? पर्दा पछाडिबाट बलको प्रयोग कसरी गरिन्छ त्यो अध्ययन गर्न सुर्यको प्रकाश आवस्यक हुदैन । अध्यारोमा पनि नेपाली जनताले त्यो आवाज बुलन्द गर्दै देख्न सक्छ्न ।
सिमानामा नेपालको हजारौ हेक्टर जमिन कब्जा भयो लिपु लेक, लिम्पियाधुरा कालापानी नालापानी सुस्ता भारतले कब्जा गरेको छ । सिमानामा नेपालिलाइ भारतिय एश.एश.पि बलले घोक्रेठ्याक लगाउदै गोलि ठोकी मृत्युको सिकार बनायको छ । खै राज्यको आवाज ?
भारत र नेपाल सम्बन्ध १९५० को सुगौली सन्धी पुनरावलोकन गुमेको जमिन फिर्ताको लागि खै अन्तर्राष्ट्रिय न्यायलयमा तत्परता ? जानकारहरु वकालत त गर्छन त्यो जिम्मेवारी देशको हो । तर राज्य मौन छ, अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गराउन नसक्नु राष्ट्रको कमजोरी हो ।राष्ट्र किन मौन छ ? बोल्नु पर्ने पोलोटिक्स सङै देशभक्त नेतृत्व होइन र ?
सानोलाई हेप्ने प्रबृती सबैमा हावी रहन्छ । चिनले पनि सिमानामा हमला गर्न नसक्ने हिमालय हिम शृङ्खलाको पहाडले गर्दा हो । त्यसैले दुवै छिमेकी देसलाई सन्तुलनमा लिदै अन्तर सम्बन्ध कायम गर्ने जिम्मेवारी ब्युरोक्रेसी संगै परराष्ट्र निकायको जिम्मेवारी देखिन्छ । दुताबास नियुक्त प्रकरण र समिकरणको हल उहीँ दुर्गन्धित यन्त्र राजनिती हो ।
नेपालको ब्यूरोक्रेसी पनि अछुतो छैन किनकी यहि प्रतिबिम्ब यसैमा प्रष्ट देखिन्छ ।ब्युरोक्रेसिको संवाद परिवर्तन गर्न जाजुसी सस्था नेपालमा सकृय नभएका पनि होइनन । झन्डै १५००-२००० को सङ्ख्यामा नेपालमा विभिन्न बहानामा सरकारी तथा गैर सरकारी सस्था सकृय छन । यसैको आडमा युरोपियन युनियन धर्मका पादरी भित्र्याउदै चर्च निर्माण गर्दै रातारात धर्मको जालो फैलाउदै छ ।
डलरको खेती दुतावास गर्दै छ । तर यहाँका देश चलाउने महारथिहरुलाई भारतिय राजदुतले सिधै भेट्ने परिपाटी लज्जास्पद हो । किनकी राजदुतको योग्यता बिदेसी मुलुकको तुलनामा एक सरकारी अधिकृत सरहको हो । त्यो प्रभाव अन्तर्राष्ट्रिय निकायमा त्यति ठूलो मानिदैन तर नेपालमा नेतृत्व परिवर्तन सम्म गर्न सक्ने पौच पुर्यायको छ ।
तीन करोड नेपालिको भागमा झण्डै ३३ हजार रास्ट्र ऋण पुगेको देखिन्छ । यो प्रतिफल नेतृत्व र राजनितिको हो किनकी भ्रष्टाचार ,बिकास बजेट दुरुपयोग बाइडबडी विमान खरिद प्रकरणले प्रष्ट हुन्छ । हाम्रो सम्यन्त्र कस्तो हुन्छ । देश कतातिर जाँदै छ ? आखिर यस्को मलजल के हो ? उहीँ राजनिती, उदेग लागेर आउँछ । एक सच्चा देश भक्त नेपालीलाई ।
देशमा भ्रष्टाचार सस्थागत गराउदै राष्ट्रिय लगानिका कलकारखाना उद्योग धन्धा टाट पल्टाउदै युवालाइ बैदेसिक रोजगारिमा जान बाध्य गराउने निकाय र सम्यन्त्र पोलिटिक्स हो । किनकी त्यहा स्रमिकका नाममा ट्रेड युनियनका महारथिहरु कमिसनको खेल संगै बन्द हडताल गर्दै राजनिती पदिय गेम खेलेका हुन्छ्न ।
नेपालको राजनिती इतिहासमा २००७ सालको परिवर्तन पछि विभिन्न उपलब्धी भए । तर इमान्दारिताको पाठ कसैले सिक्न सकेन । इमान्दार नेपाली ग्रामिण बस्तीमा बस्ने सुरदराजका जनताहरु हुन । किनकी सकि नसकी राज्यले थोपरेको कर तिरिरहेकै छन । बदमास तिनिहरु हुन । जो सिहदरवार वरिपरि मर्निङ वर्क गरिरहेका छन । संगै जनप्रतिनिधिको नाममा भ्रष्टाचारको बाढी बगाउदै छन ।
बिकासका पुर्वधार र आधार स्तम्भमै ठेक्का पट्टाको राजनिती हावी रहन्छ । त्यसैलेत हावा हुरिले भत्काउने सम्रचना निर्माण हुन्छ्न । ठेकेदारको घरमा नेताको बाँस कमिसनखोरिको निमन्त्रणामा रसिलो हुस्की संगै मार्सी चामलको गाँस हुन्छ । कसरी आधारसिला निर्माण होला ? सोच्न पनि दिक्कत लागेर आउँछ ।
पोलिटिक्स केहो ? यस्को शक्ति कस्तो हुन्छ कुनै समय सच्चा देस भक्त एक प्रहरीका जवान रमेस खरेलले बोलेको वास्तविक बोली बाट उनलाइ राज्यले गरेको अपमान इतिहासमा सुरक्षीत छ । त्यसैले इमान्दार सच्चा देस भक्त नेपालिको लागि विष र गोबन साप जस्तो बन्दै छ । राजनीतिको दुर्गन्ध प्रतिमुर्ति बिचित्रको देखिदै छ, यस्को रङ्ग ।
अन्तर्राष्ट्रिय निकायको रङ्ग नियाल्दा सप्तरङ्गी इन्द्रेणिको किरण जस्तो देखिने त्यो सुन्दर राजनितिको रङ्ग आज नेपालमा आकासमा मडारिरहेको कालो बादल जस्तो देखियको छ ! कहिले काहीं त अबैधानिक कार्यको चट्याङ जस्तो आवाजमा प्रस्तुत हुदा त्यस्को प्रतिफल कस्तो होला ज्वरोले थलियको बिमारिले टाउकोमा पानीपट्टी बान्दै सोच्नु पर्ने समय देखिन्छ !
इतिहासमा देखियका केही परिवर्तनले नेपालमा लोकतन्त्र गणतन्त्र संगै सङ्घियता ल्यायको छ । सिहदरवारका हक अधिकार गाउँ गाउँमा पुगेका छन भनिएको छ । केन्द्र, प्रदेश र स्थानिय निकायको सम्यन्त्र सहि हो तर अधिकार बिहिन प्रदेस देखि स्थानिय निकायका कर्मचारीको भ्रष्टाचार सङै कमिसनको खेलले जनता झन बिमारले थलिदै छन ।
वडा कार्यालय देखि गाउँपालिका सम्मका सबै प्रतिनिधि कर्मचारीको बार्गेनिङ देख्दा लाग्छ १७ हजार नेपाल आमाका छोरा छोरिको बलिदानी कता जाँदै छ । त्यो सबै असल सासन अमन चैन स्थापना गरि समाजबादी राज्य ब्यवस्थाका लागि हो तर बिडम्बना यहाँ कदापी त्यसो हुन सकेको देखिदैन ।
नेपालको राजनिती रङ्ग बिदेसी मुलुक स्विजरल्याण्ड,संग बिकासको तुलना होइन त्यहाको सच्चा मनुष्यको बिबेग संग तुलना गर्नु पर्छ । नेपाललाई युरोप होइन युरोपका नेतृत्व संग तुलना गर्नुपर्छ । किनकी नेपालि नेताको बिलाद्सदायी जीवन सैलि साइकल चड्ने बिदेसी मुलुकका नेता सङ्ग तुलना गर्नु पर्छ ।
भासणले परिवर्तन होइन व्यवहार सम्यन्त्र र इमान्दारिताले संभव छ समृद्धि यहाँ रङ्ग आकासको कालो बादलले प्रष्ट गर्छ । किनकी जङ्गलमा डडेलो लागेर मानिसलाइ अनुकुल बाताबरण सृजना भयको छैन ।
त्यसैले नेपालको राजनिती रङ्ग डढेलोले खायको भिर जस्तो देखिदै छ । खाडिको डिजर्ट सफारी समृद्धिको उधारण हो । तर नेपाल र बाग्मतिको जलयात्रा र बागमती जस्तो दुर्गन्धित बास्ना र त्यो रङ्ग इन्द्रेणिमा परिणत कालो बादलले देखाइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend