साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख १८ ।
बढ्दै गरेको सवारी दुर्घटनालाई न्यूनिकरणका लागि ट्राफिक प्रहरीले गुल्मीमा सडकमै चालकको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते कार्यक्रम अन्र्तगत बिभिन्न सवारी चालक र सह–चालकलाई सडकमै स्वस्थ्य शिबिर राखेर शिुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको हो ।

गुल्मी अस्पतालका डक्टर र औषधी सहित बिभिन्न सवारी चालक र सह–चालकलाई सडकमै स्वस्थ्य शिबिर राखेर स्वास्थ्य परिक्षण गरिएको छ । बुधवार जिल्लाको सदरमुकाम तम्घासको बसपार्कमा बिशेषज्ञ डक्टर सहित सडकमै स्वस्थ्य शिबिर राखेर झण्डै ६० भन्दा वढि चालक सह–चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए ।

दुर्घटना न्यूनिकरणमा चाललको स्वास्थ्य पनि महत्वपूण रहेकाले चालक सह–चालकको शारारिक मानशिक चेक जाँच गरेर औषधी पनि बितरण गरिएकोे खनालले जानकारी दिए । चेक जाँचमा कतिपय ब्लड पेसर हाइभएका चालकहरु भेटिएको र उनिहरुलाई निरन्तर औषधी सेवन गरेर मानशिक तनाव लिई सवारी साधन चलाउन स्ुझाव दिइएको खनालले बताए ।
सवारी चलाउदा चालकले मानशिक तनावमा चलाए दुर्घटना पनि बढने भएकाले चालकहरुलाई स्वस्थ्य चेकजाँच सहित उनिहरुलाई सुझावहरु पनि दिइएको थियो । दुर्घटना न्युनिकरण सम्बन्धमा ठाँऊको ठाँऊ सुधार भन्ने अभियानका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयले गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते जनचेतनामूलक कार्यक्रम शुरु गरेको हो ।
कार्यक्रम अन्र्तगत चरण बद्ध कार्यक्रमहरु गर्दै आएको छ । ट्राफिक नियम जानकारी नहुदा दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले अभियानलाई प्रभावकारी बनाउन बिभिन्न तरिकाहरुबाट कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक खनालले बताए ।
साताव्यापी कार्यक्रममा चालक सहचालक तथा सवारी धनीहरु,यात्रुहरु र स्थानियहरुलाई समेत राखेर ट्राफिक नियम, यात्रा गर्दा अपनाउनु पर्ने सावधानी जस्ता बिषयहरुमा पूर्ण रुपमा ट्राफिक नियमको परिपालना गराउने खनालले बताए । दुर्घटना न्यूनिकरण गर्न चालक देखि यात्रुहरु पनि जिम्मेवार बने दुर्घटना रोक्नको निम्ति मद्दत पुग्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीबाट छुटने सवारी सधानलाई टाइम कार्ड पनि लागु गरिएको छ । तम्घासबाट बुटवल, काठमाडौं छुटने सवारी साधनलाई तम्घासबाट रिडीसम्मको लागि टाइम कार्ड लागु गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend