साझा नेटवर्क
तिलाचन पाण्डे, गुल्मी बैशाख १७ ।
पाँच नं प्रदेशका भौतिक बिकास मन्त्री बैजनाथ चौधरीले दिगो बिकासका निम्ति उत्पादनमा जोड दिन आग्रह गरेका छन् । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आयोजना गरेको प्रथम कालिगण्डकी महोत्सबको मंगलबार उदघाटन गर्दै मन्त्री चौधरीले दिगो बिकासका निम्ति र युवाहरुलाई स्वदेशमानै रोजगारी सृजना गर्नका निम्ति उत्पादनमा जोड दिन आग्रह गरेका हुन् ।

मन्त्री चौधरीले प्रदेश सरकारले बिकास र सडक संजालका निम्ति बिस्तृत खाका तयार गरि अगाडी बढेको बताउदै प्रदेसलाई नमुना प्रदेश बनाउने योजना रहेको बताए । पाँच नं प्रदेशमा कृषि , पर्यटन र पशुपालनका निम्ति धेरै संभाबना भएको भन्दै यसलाई नै आधार मानेर अगाडी बढने बताउनुभयो ।

कालिगण्डकी करिडोरले कालिगण्डकी गाउँपालिकाको आर्थिक बिकासमा ठुलो टेवा पुगेको भन्दै उत्पादनमा जोड दिई भरपुर आर्थिक लाभ लिन आग्रह गरे । प्रदेशको मुख्य मन्त्री ग्रामिण बिकास कार्यक्रम गुल्मी जिल्लाका मालिका, मदाने र कालिगण्डकी गाउँपालिकामा लागु भएकाले यस कार्यक्रमले पनि यस क्षेत्रका जनताहरुको आर्थिक बिकासमा अगाडी बढने बिश्वास पनि ब्याक्त्त गरे ।
मन्त्री चौधरीले २८ गते सम्म चल्ने महोत्सबको भब्य सफलताको शुभकामना ब्याक्त्त गरे । कुषि, पर्यटन तथा ब्यापारको प्रचार प्रसार संगै कालिगण्डकी गाउँपालिकालाई कुषि, पशुपालन र पर्यटनका हिसाबले नमुना बनाइ युवाहरुलाइृ स्वदेशमानै रोजगारी सृजना गर्ने गरि गाउँपालिका अगाडी बढेको गाउँपालिकाका प्रमुख बेद थापा मगरले जानकारी दिए ।
महोत्सवले गाउँपालिकाले लिएको नीतिमा पनि टेवा पुग्ने थापाको बिश्वास छ । कालिगण्डकी गाउँपालिकाको आयोजना र कालिगण्डकी युवा क्लबको सह आयोजनामा महोत्सव आगामी २८ गते सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend