logo
  • सोमबार, असोज १२ २०८३

खर्वाङ प्रहरी चौकीलाई होटल व्यावसायीको टिभि उपहार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ बैसाख १७ ।
खर्वाङ होटल व्यावसायी संघ बडिगाड गाउँपालिका २ ले खर्वाङ प्रहरीचौकीको लागि एक सेट टेलीभिजन हस्तान्तरण गरेको छ।

प्रहरीचौकीमा आउने सेवाग्राहिहरुलाई पट्यार नलागोस् भनेर टेलिभिजन सेट राखिएको प्रहरी सहायक निरिक्षक मन वहादुर कार्किले बताउनु भएको छ।

सो सेट प्रहरी चौकी भित्रको प्रतिक्षालयमा राखिनेछ । व्यावसायीहरुले निशुल्क रुपमा करिव १३ हजार पर्ने सो टेलीभिजन हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा खर्वाङ होटल व्यावसायी संघका अध्यक्ष धन वहादुर वुढा, सचिव लाल वहादुर केसि, डम्बर थापा लगाएतलको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend