logo
  • सोमबार, असोज १२ २०८३

महान्यायधिवक्ता खरेलसँग कैदी बन्दीको गुनासो, कोल्टे नफेरेरै उज्यालो हुन्छ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी बैशाख १६ ।
कोल्टे नफेरेरै रात बित्छ । जिल्ला कागागार गुल्मीका कैदी लेखनाथ गिरीले भने,‘ २५ जना बस्ने घरमा ७१ जना आफै कल्पना गर्नुस् ।’ जिल्ला कारागारको अनुगमन गर्न गएका महान्याधिवक्ता अग्नि खरेललाई धेरै कैदीबन्दीले आफ्ना गुनासा पोखे ।

उनीहरुले क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कारागार भेडिगोठ जस्तै भएको गुनासो गरे। कैदी गिरीले अहिलेसम्म आफुहरुको गुनासो सुन्ने काम मात्रै भएको बताए । ‘जुनसुकै कार्यालय र व्यक्ति आएपनि सुनासो मात्रै सोधिएको छ, उनले भने, कारागारको बर्षौका समस्या ज्यूँका त्यूँ छन् ।

अदालतको प्रक्रियाले आजित

कैदी बाबुलाल विकले आफुहरु अदालतको झन्झटिलो प्रक्रियाबाट आजित भएको गुनासो गरे । उनले समयमै पेशी नहुने, फैसला भएको मिसिल लामो समयसम्म प्राप्त नहुने जस्ता समस्याले आफुहरुलाई निकै गाह्रो भएको बताए । ‘बर्षौ फैसलाला फाइल पाएका छैनौ, अदालतको प्रक्रियाले आजित भएका छौ,’उनले भने,‘जसका कारण माथिल्लो कानुनी उपचारबाट बञ्चित भइयो ।

बन्दी बिष्णु पन्तले खानेपानीको संकटका कारण आफुहरुलाई समस्या भइरहेको बताए । उनले कारागारले टयाङकर मार्फत पानी ल्याउने गरेपनि प्राप्त नभएको बताए । जसका कारण खाना पकाउन, पिउन तथा लुगा धुन निकै कठिन भएको बताए ।

खरेल र कैदीबन्दीबिच अन्तरसंवाद

महान्याधिकक्ता अग्नि खरेल सोमबार दिउँसो गुल्मी कारागार पुगे । कारागारको सवै अवस्थाको बारेमा अवलोकलन गरे । त्यहाँको उत्पादन देखेर छक्क परे । अनि कारागार प्रमुख अर्जुन थापालाई सोधे, कारागारको क्षमता कति हो ? जवाफ आयो । २५ जना । अनि खरेलले फेरि सोधे कति जना छन् ? ७१ जना । खरेलले चारैतिर नियाल्दै भने, यो कारागार अल्ली बिसेस अन्यत्र झन बिजोग छ ।

त्यसपछि महान्याधिवक्ता खरेलले कैदी बन्दीसंग अन्तरसंवाद सुरु गरे । क्रमैसंग राज्यले कारागारबाट प्रदान गर्ने सेवा सुविधाका बारेमा सोधे । खरेलले कारागारको समस्याको बारेमा आफ्नो ध्यानाकर्षण भएकाले सम्बन्धित निकायबाट समाधानको बिकल्प खोजिने बताए ।

वकिल राखेर लड्नुस : खरेल

महान्याधिवक्ता अग्नि खरेलले कैदीबन्दीहरुसंग अन्तरसंवाद गर्दै आफ्नो मुद्धाको बिषयमा वकिल मार्फत कानुनी उपचार खोज्न आग्रह गरे । उनले आफुहरुलाई अदालतमा के बोल्ने र कानुनी बिषय के भन्ने बारेमा जानकारी नहुँने भएकाले वैतनिक वा प्राइभेट वकिल मार्फत अघिल्लो प्रक्रिया खोज्न सुझाव दिए ।

‘कैयौ व्यक्तिलाई आफ्नो मुद्धा र कानुनी प्रक्रियाको बारेमा अवगत छैन,’उनले भने,‘ वकिलले कानुनी उपचार गराउँछन् ।’ उनले कानुनी अज्ञानताले पनि थुप्रै मान्छे फस्ने भएकाले सवैलाई सचेत बनाए ।

प्रहरी हिरासत निरिक्षण

महान्याधिवक्ता अग्नि खरेलले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको समेत अनुगमन तथा निरिक्षण गरेका छन् । उनले हिरासतमा रहेकाहरुको मुद्धा र कानुनी उपचार, सेवा सुविधा, यातना तथा अन्य प्रक्रियाको बारेमा चासो राखेका थिए ।

साथै उनले हिरासतबाटै मुद्धाको प्रक्रिया सुरु हुने भएकाले आफुले विश्वास गरेकै कानुन व्यावसायी मार्फत मुद्धा अगाडी बढाउन सुझाव दिए । उनले सुरुमै मुद्धा बिग्रिए न्याय नपाइने भएकाले बिचार पु¥याउन आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालयको तर्फबाट एसपी दिपक कुमार बस्नेतले जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend