साझा नेटवर्क
सजिना मोक्तान,टोकियो बैशाख १६ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले टोकियोमा स्वर्ण श्रृङ्खला भव्य साहित्यिक कार्यक्रम गरि सम्पन्न गरेको छ । नेपालबाट आउनुभएका वरिष्ठ साहित्यकार रमेश पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा लेखक मिनराज वसन्त,अनेसास जापानका संस्थापक सदस्य वेलुकाजी थापा,केन्द्रिय उपाध्यक्ष प्रकास पौडेल माईला,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका उपाध्यक्ष सिव प्रसाद पौडेल,एनआरएनए जापानका कोषाध्यक्ष कालिका थापा,विभिन्न अनलाइन मिडियाका संचारकर्मीहरु,संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सोहि अवसरमा अनेसासको मुखपत्र अन्तर्दृष्टिको विमोचन तथा मिनराज बसन्तको पिपिरी लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष सिव प्रसाद पौडेल,सुस्मा अमात्य,केन्द्रिय उपाध्यक्ष प्रकास पौडेल माईला,कवि दिप मुस्कान ,तिलक मल्ल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । अतिथि एवं पिपिरिका लेखक मिनराज वसन्तले आफ्ना लेखकिय अनुभूति दर्शाउदै पिपिरि जन्माउनु वलापनलाई दस्तावेजिकरण गर्ने कार्य भएको भन्नुभयो । पुर्व अध्यक्ष बेलुकाजी थापाले संस्थाको स्थापना र कार्यमाथी प्रकाश आत्महत्यालाई निरुत्साहित गर्ने विधा साहित्य मात्र भएको जिकिर गर्दै युवा पुस्तालाई साहित्यमा प्रोत्साहित गर्नु पर्ने वताउनुभयो । प्रमुख अथिति एवं साहित्यकार रमेश पौडेलले जो जहाँ रहे पनि गाउँघरको सपना सदा देखिने हुँदा कलमजिवीको कुनै भुगोल नहुने वताउनुभयो ।
कार्यक्रममा रचनाकारहरु ध्रब बन्जाडे,कलाकार कृष्ण के .सि,मिनराज बास्तोला,गृस्मा पौडेल,हेमन्त गिरि,सुमन प्रतिबिम्ब,अनिल कुमार निर्दोस,गिरिजा गैरे,संगिता कुवँर,अरुण पौडेल,राजु बि सि,सेखर बिकल्प,दिनेस ज्ञवालि राजु लक्षित ,के बि पारखि ,रमेस लामिछाने ,दिपा घिमिरे लगायतले रचना पस्केका थिए । त्यस्तै लोक गायिका रितु थापा मगर र साहिल खड्काले गित प्रस्तुत गरेका थिए । कार्यक्रममा गत फेब्रुअरीमा आयोजना भएको जापानब्यापी खुल्ला कबिता प्रतियोगिताका २० कविता मध्ये सरोज पोखरेलको कविता नेपाल यातायात, सबिना रेग्मीको राम्रो हुँदा देशमा र दिप मुस्कानको आमा र देश पुरस्कृत भयो ।
कार्यक्रममा संस्थापक एवं पूर्व अध्यक्षहरुलाई दोसल्ला ओढेर सम्मान गरेका थिए भने अनेसासप्रति विशेष योगदान पुर्याउने विशिष्ट व्यक्तित्व तथा प्रमुख अतिथि रमेश पौडेल र पिपिरिका लेखक एवं अतिथि मिनराज वसन्त लगायत प्रतियोगी विजेता कविहरुलाई सम्मान पत्र मार्फत् सम्मान गरेका थिए । संस्थाका अध्यक्ष दिप पाठकको सभापतित्वमा भएको उक्त कार्यक्रम सचिव रविन शर्माले संचालन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend