साझा नेटवर्क
कमल पौडेल,बागलुङ बैशाख १६ ।
बडिगाड गाउँपालिकाले जेठको दोश्रो साता सम्म सवै योजना सक्ने गरि कार्यक्रम तय गरेको छ । आइतवार वसेको कार्यपालिकाको बैठकले जेठ १५ पछिको कुनै पनि योजनाको भुक्तानी सदर नगर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले बडिगाड गाउँपालिकाका गौरवका योजनाको रुपमा प्रशासनिक भवन,२ ओटा सडक,२ ओटा आकाशे पुलको डिपिआर सम्पन्न गर्ने,गाउँपालिकाको लागी आवश्यक तिन प्रकारका हेवि इक्वीपमेन्ट खरिद गर्ने लगाएतका निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाले प्रस्तावमा ल्याएको शिक्षा ऐनमा प्राप्त संसोधन प्रस्ताव माथि छलफल गरेको छ। गाउँपालिका भित्रका विद्यालय मर्जिङ र दरबन्दी मिलानको तयारीको लागी कार्यसमितिको गठन गर्ने निर्णय गरेको छ । जसको लागी शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख तथा वडा नं. ३ का अध्यक्ष खड्क पुनको संयोजकत्वमा समिति गठन गरेको हो । जसको सदस्यमा वडा नं. ७ का वडा अध्यक्ष कृष्ण गुरुङ, वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, कार्यपालिका सदस्य मिना रायमाझि रहनुभएको छ भने सदस्य सचिवमा शिक्षा अधिकृत कृष्णराज रेग्मी रहनुभएको छ ।
सो कार्य सम्पन्न गर्न ढालमणि भण्डारी,सागर खरेल,बेद प्रसाद पोखरेल,केशव खरेल,नेत्र गौतम,कुल बहादुर बुढा,जित बहादुर थापा र शिक्षक महासंघका २ जना प्रतिनिधि रहेको परिचालन समितिको गठन गरेको छ । बैठकले शिक्षा समितिले शिफारिस गरेको ३ विद्यालयलाई कक्षा थपको अनुमति दिने निर्णय गरेको छ । बैठक गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता,उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।
हरेक महिननाको १५ गते गाउँकार्यपालिकाको वैठक वस्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend