logo
  • शनिबार, साउन ३० २०८३

दाङ देउखुरी सेवा समाज कतारले सहयोग दाता सम्मान गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार अविरल पन्थी, दोहा ।
“दाङ देउखुरीको चाहाना, सभ्य एवं सुरक्षित रोजगारको कामना” प्रवासमा भन्ने मुला नाराका साथ कतारमा सकृय रुपमा अगाडी बढेको दाङ देउखुरी सेवा समाज दोहा कतारले सहयोग दाताहरुलाई सम्मान गर्ने भएको छ ।

नया वर्ष २०७६ सालको शुभकामना आदान प्रदान एवम् जिल्लामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष स्थापनार्थ कार्यक्रम आयोजना गर्दै समाजको एम्बुलेन्स अभियान तथा समाजले सञ्चालन गरेका विभिन्न अभियानमा सहयोग गर्नुहुने सहयोग दाताहरुलाई सम्मान गर्ने भएको हो ।

सोहि कार्यक्रमका लागि समाजले कतारमा स्थापित सामाजिक, वैचारिक संघ-संस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकारहरुलाई निमन्त्रणा पत्र पठाइ सकिएको र कुनै कारणबस पत्र प्राप्त नभएको भए यसै समाचारलाई आधार बनाएर कर्यक्रममा उपस्थित भईदिन समेत अनुरोध गरेको छ ।

आगामी ३ मई २०१९ शुक्रबारका दिन कतारको नज्मा स्थित सालिमार प्यालेस होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा कतारमा रहनु भएका दङ्गाली एवं गैर दङ्गाली दाजुभाइ तथा दिदिबहिनीहरुको उत्साहजनक उपस्थिति रहनेमा विस्वस्त रहेको समाजका अध्यक्ष हेम बस्नेतले साझा नेटवर्कलाई बताए ।

दाङ देउखुरी सेवा समाज दोहा कतारको पुर्ण सहयोगमा दाङ्ग देउखुरी सेवा समाज दाङ्ग घोराहीद्वारा एम्बुलेन्स संचालनमा आएको हो । त्यस्तै समाजले प्रवासमा भइपरी आउने समस्या सामाधान गर्दै जिल्लामा समेत विभिन्न क्षेत्रमा सहयोग पुराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend