logo
  • शनिबार, साउन ३० २०८३

गायिका देशु गोले “जोडौ जोडौ लाग्दैछ घर” बोलको गीत सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल ।
गायिका देशु गोले ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत ल्याएकी छिन् । उक्त गीतको शब्द र स्वर गायिका देशु गोलेकै रहेको छ । संगीत अर्जुन पोख्रेलले भरेका छन् । गीतको म्युजिक भिडियोमा अरुसि मगर र कजिस श्रेष्ठले अभिनय गरेका छन् ।
निर्देशन भने नेत्र किराँतीले गरेको हो । शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको म्युजिक भिडियोलाई गायिका देशु गोलेको युट्युव च्यानलबाट बाहिरा ल्याएका हुन् । म्युजिक भिडियोलाई राष्ट्रयगान ‘‘सयौं फूलका थुङगा हामी एउटै माला नेपाली’’ का रचनाकार एवं साहित्यकार प्रदीपकुमार राई (व्याकुल माइला) ले सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथि समेत रहेका राईले गायिकालाई सफलताको शुभकामना सहित निरन्तरताको लागि कामना व्यक्त गरेका थिए । १६ वटा गीतहरु गाईसकेकि छिन् । गायिका गोलेले तामाङ सेलो, आधुनिक, पाप लगायत धेरै प्रकारका गीतहरुमा स्वर भरि सकेकी छिन् । उनी सानै उमेरदेखि गीत संगीत क्षेत्रमा बढी रुचि राख्ने गर्थिन् । गीत गाउँने रहर हुँदा हुँदै पनि विभिन्न कामहरुले गर्दा गाउँने कामलाई निरन्तरता दिन सकेको थिएन ।

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend