logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाज सहानीय एरिया समिती द्वारा पीडीत परिवारलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, कतार ।
कतार नेपाली एकता समाज सहानीय एरिया समितिको विशेष पहलमा समाजको अल बन्दरीय इकाई समितीका उपाध्यक्ष भोजपुर जिल्ला हतौगौडी गाउँपालीका वार्ड नं.२ बस्ने टिकाराम बस्नेतलाई आर्थिक सहयोग गरेको छ ।
बस्नेतका छोरा यलसन बस्नेत ३० महीनाको बच्चाले किच्चेन कोठामा रहेको ग्याँसको हाइड्रो यासीड सेवन गरेकोले बालक यलसन बस्नेतको भित्री आन्द्रमा असर पर्न गएकोले यथासीघ्र तत्काल अप्रेशन गर्नु भन्दा अन्य विकल्प नरहेकोले समाजको मातहतमा रहेको सहानीय एरिया समितिले रकम संकलीत गरी कतारी रियाल ६८०५/- समाजका अध्यक्ष हेमन्त वाईवाले सहानीय एरिया समितिले सहानीया (यूसीसी) कम्पनीको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै पिडीत टिकाराम बस्नेतलाई हस्तान्तरण गर्नु भएको थियो ।
साहानीय एरिया समितिले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्षता प्रिजल राई, प्रमुख अतिथी हेमन्त वाईवा कतार नेपाली एकता समाजको प्रथम उपाध्यक्ष धन बहादुर परियार, महासचिव खिम बूढा मगर, कोषाध्यक्ष राम ईन्दल थिंग हाँक साप्ताहिक पत्रकार उद्धव मगरको विशेष उपस्थितीम भएको कार्यक्रम सञ्चालक सरोज लावतीको रहेको थियो भने स्वागत मन्तव्य धिरज परियार, मन्तव्य टिकाराम बस्नेत, मेघनाथ सुनुवार, रहेको थियो ।
कार्यक्रममा वोल्दै कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले प्रशिक्षण समेत दिनु भएको छ । अगाडी वोल्दै भन्नु भयो यो हाम्रो संकलित रकम एउटा सानो पाटो मात्रै हो तर हामीले गर्नु पर्ने अरु धेरै संघर्ष गर्नु बाँकी रहेको बताउदै हामी मजदूर मजदूर नै रहने हो हामीले जत्तीनै घर परिवार व्यवस्थापन गर्छु भन्दा पनि त्यो अवस्था नरहेको र देशको वागडोर हाँक्ने राज्यसत्ता नै त्यो खालको भएकोले अबको दिनहरुकमा कतारमा रोजी रोटीको लागी आउनु भएको आम नेपाली मजदुरहरु एक भएर कतार नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनु पर्ने वताउनु भएको छ ।

नागरिकता विधेयक विषयमा भन्ने हो भने अहीले गृहमन्त्रीले जारी गरेको परिपत्रबाट देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने र देशको अस्तित्वमा नै खतरा पुग्ने सम्भावना रहेको वताउनु भयो यदी उक्त विधेयक पास भएमा ठूलो संख्यामा विदेशी नागरिक नेपालको नागरिक बन्ने र त्यसरी नेपाल फिजी बन्ने सक्ने खतरा रहेको र उक्त राष्ट्रघाती नागरिकता विधेयक विचारधीन हुदैगर्दा गृहमन्त्रालयले झन पहिलाा नै परिपत्र जारी गर्नुका पछाडी विदेशी शक्ती मृख्यत भारतीय विस्तारवादको दवावले काम गरेको बुझिन्छ त्यसकारण हामी प्रवासमा छरिएर रहेको नागरिकहरुको पनी त्यतीकै जिम्मेवार रहन आउछ र त्यसबाट देश फिजीकरण हुन बाट जोगाउनको लागी हामी सबै एक हुनु पर्ने वताउदै अन्तमा यस सहानीय एरिया समितिले दिन रात नभनी पीडीत यलसन बस्नेतको सहयोगको लागी योगदान दिनु हुने सम्पूर्ण कार्यसमितीका सदस्यहरुलाई बधाई तथा धन्यवाद दिनु भएको थियो ।

अन्तमा यस कार्यक्रमका अध्यक्ष प्रिजल राइृले सहानीय एरिया समितिका सम्पूर्ण सदस्यहरु लगाएत सहयोगी भावना सहीत सहयोग गर्नु भएका आम नेपाली दाजुभाई तथा दिदी बहीनहरुमा स–धन्यवाद दिंदै कार्यक्रम अत्यन्तै सौहद्रपूर्ण वातावरणमा सु–सम्पन्न भएको घेषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend