साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी बैशाख १५ ।
गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटकोमा फैलिएको झाडापखालाको प्रकोपको कारण एक जना बालकको मृत्यु भएको छ। स्थानीय पशुपति निमाविको कक्षा ६ मा अध्ययन गर्ने १२ बर्षीय रेशम सिंजालीको मृत्यु भएको हो। उनी टेक बहादुर रेश्मीका छोरा हुन्। मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलका अनुसार परिवारले गलत सुचना दिएका कारण बालकको मृत्यु भएको हो ।
दजाकोटमा स्वास्थ्यकर्मी र औषधीको प्रयाप्त व्यावस्था गरिए पनि बालक बिरामी भएको सुचना परिवारले नगराउँदा मृत्यु भएको छन्तेलले बताए। अहिले बालकलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइँदै गरेको छ। दजाकोटमा झाडा पखलाको प्रकोप खानेपानीमा कोलिफम भएका कारण फैलिएको पुष्टि भएको छ। दुषित खानेपानीका कारण दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोप अझै नियन्त्रणमा आएको छैन। जसका कारण सिङ्गो गाउँकै जनजिवन प्रभावित भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीमार्फत पाल्पाका गरिएको परिक्षणमा दजाकोटमा खानेपानीमा कोलिफम भएको पुष्टि कार्यालय इन्जिनियर प्रकाश न्यौपानेले बताए।
अहिलेसम्म दजाकोटमा एक सय ६० जना बढि बिरामी परेका छन् । बिरामी मध्ये स्थानीय ५९ बर्षीय कुमारी सिंजालीको अवस्था गम्भीर भएकाले चितवन मेडिकल कलेजमा उपचार भइरहेको स्थानीय युवा बिमल छन्तेलले बताए । त्यस्तै तीन जनाको गुल्मी अस्पतालमा तीन दिनदेखि उपचार भइरहेको छ। गत बैशाख ८ गतेबाट सुरु भएको समस्या अझै पुरै नियन्त्रणमा आउन सकेको छैन्। बिरामी मध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको मुसिकोटका स्वास्थ्य संयोजक डिबि जिसीले जानकारी दिए। खानेपानीका कारण दजाकोटमा झाडा पखला लगायतको प्रकोप देखिएपछि काठमाण्डौको बिज्ञ टोली दजाकोटमा आएको छ। विश्व स्वास्थ्य संगठनको समन्वयमा डाक्टर प्रियकां श्रेष्ठसहितको चिकित्सक टोलीले अहिले दजाकोटको खानेपानीको मुहानको अवलोकन तथा खानेपानी परिक्षण गरिरहेको छ। आज दिउँसो खानेपानीमा भेटिएको दिसाको परिक्षण गर्ने स्थानीय युवा बिमल छन्तेलले बताए ।
गाउँका सवै नागरिक बिरामी पनर्न थालेपनि स्थानीय पशुपति निमावि पनि बन्द गरिएको छ । घरका अभिभाव र बालबालिकानै बिरामी पर्न थालेको र बिद्यालयमा अझै धेरै सर्ने सम्भावना भएकाले बन्द गरिएको प्रध्यानाध्यापक जुक्त बहादुर छन्तेलले बताए। बिद्यालयमा अहिले एक सय १५ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन्। समस्या अझै नियन्त्रणमा नआएकाले बिद्यालय संचालन नहुँदा नयाँ शैक्षिक सत्रको पढाई प्रभावित भएको प्रध्यानाध्यापक छन्तेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend