logo
  • शनिबार, साउन ३० २०८३

स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै मालिका

स्वास्थ्य शिविरदेखी एम्बुलेन्स, स्वास्थ्य इकाई समेत स्थापना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख १४ ।
गुल्मीको मालिका गाउँपालिका स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ । गाउँपालिकाले विभिन्न स्वास्थ्य शिविर संचालन गर्ने, प्रसुति सेवालाई सुरक्षित र भरपर्दो गराउन सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने लगायतको काम गरेको छ । त्यस्तै सबै स्वास्थ्य सँस्थामा पर्याप्त औषधी राख्ने, एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्य इकाईको स्थापना लगायतका उदारहणीय कार्य गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले शुक्रबार मात्रै निःशुल्क महिला रोग सम्बन्धी स्वास्थ्य शिवि सम्पन्न ग¥र्यो । जसमा ४९७ जनाले सेवा लिएका छन् । जसमध्ये २७१ जनाले भिडियो एक्सरे तथा १७८ जनाले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएका छन् । जाचँ गराएका महिलाहरुमध्ये आठ जनामा पित्तथैलिको समस्या देखिएको छ ।

त्यस्तै मृगौलाको पथ्थरी भएका ३६ जना, पाठेघर खसेका महिलाहरु आठ जना र पाठेघरको मुखको क्यान्सर भएका छ जना शंकासपद देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले जानकारी दिए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोग, मालिका गाउँपालिकाको आयोजना तथा रेसुगां हस्पिटल प्रालिको प्राविधिक सहयोगमा बिहिबार मालिका गाउँपालिकाको वडा नम्बर ३ ह्वाङ्दिमा निःशुल्क महिला रोगसम्बन्धी संचाल गरिएको हो ।

कुल पाचँ स्वास्थ्य शिविर संचालन

मालिका गाउँपालिकाले यो आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको छ । जसअन्तरगत यो आर्थिक बर्षमा तीनवटा आँखा शिविर सम्पन्न गरिसकेको छ । जसमध्ये एउटा अप्रेसनसहितको शिविर र बाँकि दुईवटा जाचँमात्र गरिएको स्वास्थ्य संयोजक भुसालले जानकारी दिए ।

त्यस्तै यसभन्दा अगाडी गत फागुनमा महिलाारोग सम्बन्धी एउटा निशुल्क शिविर सम्पन्न गरिसकेको छ । यसका साथै गाउँपालिकाले यहि वैशाख २८ बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । बुटबलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका डाक्टरहरुद्धारा मुटु, मृगौला, सुगर लगायतको निशुल्क उपचार गरिने भुसालले बताए ।

सबै वडामा बर्थिङ सेन्टर, ४ महिनासम्म औषधी भण्डार

सुरक्षित प्रसुतीको लागि मालिका गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । स्वास्थ्य चौकिको पहुँचभन्दा ठाढा भएकाहरुलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले गाउँपालिकाले तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ ।

वडा नम्बर २ दर्लिङ र ५ ह्वाङ्दिमा स्वास्थ्य इकाई संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका पाचँ स्थानमा एम्बुलेन्स सेवा समेत संचालनमा छन् । वडा ३ ह्वाङ्दि, ४ अर्खबाङ्ग, ६ अर्जै, वडा नम्बर ७ घमिर र वडा नम्बर ८ मर्भुङमा एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

गाउँपालिकाले यो आर्थिक बर्षमा स्वास्थ्यको क्षेत्रमा ३४ विनियोजन गरेको छ । भने मुख्यमन्त्री ग्रामिण कार्यक्रमअन्र्तगत विनियोजन भएको पाचँ लाख गरी कुल ३९ लाख बजेट स्वास्थ्यको क्षेत्रम रहेको प्रवक्ता गिरीले जानकारी दिए । अहिले कुनै पनि स्वास्थ्य सँस्थामा औषधीको अभाव नभएको पनि गाउँपालकाले जनाएको छ ।

‘प्रत्येक स्वास्थ्य सँस्थामा कम्तिमा चार महिनालाई पुग्ने गरी औषधी भण्डारमा छ ।’ गाउँपालिका अध्यक्ष रित बहादुर थापाले भने, ‘जनताको स्वास्थ्य अधिकारालाई सुनिश्चित गर्न लागिपरेका छौ ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend