logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारको साँस्कृतिक कार्यक्रमका लागि कलाकार कतार आइपुगे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, दोहा ।
कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कतारले नयाँ वर्ष २०७६को शुभकामना आदान-प्रदान सहित आयोजना गरेको चौथो साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथि कलाकार कुमार पुन र अमृता श्रीपाल कतार आईपुगेका छन् ।

कलाकारलाई स्वागत गर्नका लागि समाजका अध्यक्ष तिलु शर्मा पौडेल, उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरेन्द्र फगामी, महासचिव थम कुमार गिरी, प्रमुख सल्लाहकार रमेश पौडेल लगायतको टोली एयरपोर्टमा पुगेको थियो ।

म्याग्दी जिल्लामा १० लाखको बहुउद्धेशीय अक्षयकोष स्थापनार्थ आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रममा पन्चेबाजा, लाइभ दोहोरीको साथमा नेपालबाट आउनु भएका अतिथि कलाकार द्वय कुमार पुन र अमृता श्रीपाल तथा कतारमा रहेका कलाकारह€रुका प्रस्तुति रहने भएका छन ।

कतारमा रहेका म्याग्देलीहरुको उत्साहजनक उपस्थिति रहनेमा विस्वस्त रहेको र आफ्नो जन्म भुमिका लागि गरीएको अभियानमा सहयोग तथा सहजताका लागि उल्लेखनीय सहभागिता रहनेमा आशावादी समेत रहेको कार्यक्रम संयोजक नरेन्द्र फगामीले साझा नेटवर्कलाई जानकारी दिए बताए ।

कार्यक्रमलाई सफल बनाउनका लागि कतारमा रहेका विभिन्न १७ वटा संघ-संस्थाहरुले सहयोगी भूमिका खेलका छन । त्यस्तै कार्यक्रमलाई नेपाली दुतावास कतारले समेत सहयोग गरेको छ ।

२६ अप्रिल २०१९ (शुक्रबार)का दिन कतारको सनैया स्थित डल्ला ड्राइभिङ् एकेडमीको हलमा आयोजित कार्यक्रममा आउन जानका लागि विभिन्न स्थानबाट यातायातको व्यवस्था समेत गरीएको छ । कार्यक्रम स्थानीय समय अनुसार बिहानको ११:३० बजेबाट सुरुहुने आयोजकले बताएको छ ।


यातायात सम्बन्धी थप जानकारीको लागि यहाँ हेर्नुहोस । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend