साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी बैशाख १२ ।
जन्मिएको ३ महिनामा आगोमा परेर दुबै खुट्टा गुमाएकी गंगा रायमाझी अहिले कयौ अपाङ्गहरुको साहारा बन्नुभएकोछ । होँचा, पुड्का, लङ्गडा, डुँडा जस्ता उपनामले बोलाएर बेईज्जत गर्ने त्यो समाजमा गंगा अहिले चेतनाको दियो बनेर उदाईरहनु भएको छ ।
जान्ने बुझ्ने भएपछि आफुजस्तो अपाङ्गता भएका ब्यक्तीहरुलाई समाजले गर्ने ब्यवहारका बिषयमा सधै चिन्तित रहिरहने गंगाले समाजमा कुनैपनि अपाङ्गता भएका ब्यक्तीहरुलाई गतल नजरले नहेरीयोस भनेर २०६३ साल साउन ३ गते आशा अपाङ्ग केन्द्रको नाम दिएर बिभिन्न ब्यक्तिहरुको सहयोगमा आफुले नेतृत्व लिएर अगाडि बढ्नुभयो ।
अहिले सो केन्द्रमा १२ जना बसोवास गरिरहनु भएको छ । केन्द्रले गाउँगाउँमा पुगेर अपाङ्गता भएका व्यक्तिहरुलाई सिप मुलक तालिम तथा हौसला प्रदान गर्दै आईराखेको केन्द्रकि उपाध्यक्ष तथा व्यस्थापक गंगा रायमाझीले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend