logo
  • शनिबार, भाद्र २० २०८३

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजले नियोग उपप्रमुखलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार l
नेपाली राजदुताबास कतारका नियोग उपप्रमुख मणिरत्न शर्मालाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले बिदाइ तथा सम्मान गरेको छ l
मंगलबार बेलुका गोर्खा रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष मोहम्मद मुक्तादाको सभापतित्वमा सम्पन्न बिदाइ तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्व मणिरत्न शर्मालाई दोसल्ला र सम्मान पत्र प्रदान गरि बिदाइ गरिएको हो l

कार्यक्रममा विशिष्ट अतिथिहरुमा दुतावासका दित्तीय सचिव, समाजका बरिष्ठ सल्लाहकार मोहम्मद अजिज अलि, एनआरएनए एनसिसि कतारका अध्यक्ष नबिन पोख्रेल, जनप्रगतिशील मंचका संयोजक रकमध्वज राइ र समाजका सल्लाहकारहरु रहेका थिए l कार्यक्रम संचालन समाजका सचिव अजमत अलि र स्वागत मन्तब्य महिला संयोजक आमिना खानले राखेका थिए l शर्माले आफ्नो निजामति सेवाका दौरान धेरै अनुभवहरु रहेको सबै भन्दा मिठो अनुभव कतारमा कार्यबाहक राजदुत र नियोग उपप्रमुख रहेर काम गर्दा पाएको भन्दै कतारका सबै संघ संस्था बैचारिक संस्थाहरूको भूमिकाको प्रशंसा गरेका थिए l

आफ्नो कार्यकालमा भएका सबै राम्रा कामहरुमा यहाँका संस्थाहरुको ठुलो हात रहेको छ सबैको सहयोग र समन्वय नभएको भए आफ्नो कार्यकाल सफल रहने थिएन भन्दै सबैलाई धन्यबाद दिएका थिए l शुभकामना मन्तब्यका क्रममा दुताबासका दित्तीय सचिव लागायत समाजका बरिष्ठ सल्लाहकार अजिज अलि, एनसिसि अध्यक्ष नबिन पोख्रेल, जनप्रगतिशील मंच कतारका संयोजक रकमध्वज राइले शर्माको कार्यकालमा भएका दुताबासका सुधार र स्तरउन्नतिको प्रशंशा गर्दै छिट्टै राजदुतका रुपमा स्वागत गर्न पाइयोस भन्दै शुभकामना दिएका थिए l

कार्यक्रमको समापन गर्दै सभापति मुक्तादा मुसलमानले छोटो निमन्त्रणालाइ स्वीकार गरि उपस्थित हुने सबैलाइ धन्यबाद दिदै सम्मानित व्यक्तित्वको उज्ज्वल भबिष्यको शुभकामना ब्यक्त गरेका थिए l कार्यक्रम रात्रि भोज संगै समापन भएको थियो l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend