logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका आठ स्थानमा १५/१५ शैयाका अस्पताल बन्ने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख १०।
गुल्मीका आठ स्थानमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा तीनओटा र निर्वाचन क्षेत्र नम्बर २ पाचँवटा १५/१५ शैयाका अस्पताल बन्ने भएको हो ।

सरकारले सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५/१५ शैयाका सुविधासम्पन्न अस्पताल बनाउने निर्णय गरेसँगै गुल्मीका चारवटा अस्पताल स्तरोन्नती हुने भएका हुन् । भने बाँकि चारठाउँमा १५ शैयाकै नयाँ अस्पताल बन्ने भएको हो ।

क्षेत्र नम्बर १ अन्तरगत छत्रकोट गाउँपालिका ४ श्रृङ्गा, रुरु गाउँपालिका १ रिडी र सत्यवती गाउँपालिका ६ जुहाङ्गमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको रुपमा विकास गर्न लागिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव जंग नेपाललीले जानकारी दिए ।

क्षेत्र नम्बर २ अन्तर्गत धुर्कोट गाउँपालिका ६ को धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरिने भएको छ । भने मुसिकोट नगरपालिकाको वामी, मदाने गाउँपालिकाको पुर्कोट दह, मालिका गाउँपालिकाको अर्खबाङ्ग तथा इस्मा गाउँपालिकामा नयाँ अस्पताल बन्नेगरि बजेट विनियोज भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका स्वकिय सचिव गणेश श्रीपालीले जानकारी दिए ।

इस्मा गाउँपालिकामा गाउँपालिकाले टुगाें लगाएको स्थानमा अस्पताल बनाइने उनले जानकारी दिए । स्तरोन्नती तथा नयाँ बन्ने अस्पतालमा गार्डी पार्किङ, हल, डाक्टर निवास लगायतका सुविधा रहने उनले बताए ।

१५ शैयाको अस्पताल निर्माण भएसँगै अब गुल्मेलीहरु उपचारकै लागि जिल्ला सदरमुकाम तथा देशका अन्य ठाउँहरुमा जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए । जिल्लामा आठ स्थानमा १५/१५ शैयाका अस्पताल निर्माण भएपछि डाक्टरहरुको दरबन्दी पनि थपिने छ ।

एक अस्पतालमा मेडिकल सुपरिटेन्डेन एउटा र आठौँ तहका मेडिकल अफिसर दुईजना गरी कुल तीन जनाको दरबन्दी रहने जिल्ला जनस्वास्थ्य अधिकृत दिपक खनालले जानकारी दिए । खनालका अनुसार गुल्मीमा सबै अस्पतालको निर्माणपछि कुल २४ जना डाक्टर आउनेछन् ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले सरकारको यो निर्णय स्वागत योग्य भएको बताए । ‘ग्रामिण भेगका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको अवस्थामा गुल्मीमा अस्पताल बन्नु सुखद् कुरा हो ।’ उनले भने, ‘अब यसलाई जतिसक्दो छिटो कार्यान्वयन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend