logo
  • सोमबार, असोज १२ २०८३

इस्मा गाउँपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी बैशाख १०।
गुल्मीको इस्मा गाउँपालिकाको आयोजनामा न्यायिक समितिको लागि तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता रहेको कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनैतिक दल, आमा समुहका प्रतिनिधीहरुको सहभागीता रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।
सहभागीलाई जिल्ला समन्वय समिति गुल्मीका सहजकर्ता नेत्रलाल पाण्डेयले न्यायिक समितिको काम कर्तव्य र अधिकार, सामाजिक मेलमिलापका बारेमा प्रशिक्षण दिएका थिए । इस्मा गाउँपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा तीन सदस्य मेलमिलाप समिति बनाएको इस्मा गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक विमला खत्रीले जानकारी दिइन् ।
अहिलेसम्म इस्मा गाउँपालिकाको न्यायिक समितिमा ३३ वटा मुद्धाको मिलापत्र गरिएको र २२ वटा प्रक्रियामा रहेको संयोजक खत्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend