logo
  • शुक्रबार, असोज ९ २०८३

२५६३औं बुद्ध जयन्तीको अवसरमा टोकियोमा भव्य शान्ति पदयात्रा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, टोकियो जापान ।
२५६३औं बुद्ध जयन्तीको अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए ले आयोजना गरेको शान्ति पदयात्रा भव्य रुपमा सम्पन्न भएको छ । सन २०१५ वाट नेपाल जापान युथ क्लब र विई फर अल दुई सामाजिक संस्थाहरुको आयोजनामा हुँदै आएको उक्त ¥याली गत बर्षबाट एनआरएनए जापानले गर्दै आएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो ।

अझै पनि कतिपय जापानी नागरिकमा बुद्धको जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग पु¥याउने हेतुले र नेपालको परिचय गराउन शान्ति ¥यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गरेका थिए ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित आईतबार टोकियोको हिबिया पार्कबाट गिन्जासम्म शान्ति पदयात्रा गरिएको थियो ।हिबीया पार्कबाट दिउँसो १३:३० बजे सुरु गरिएको र्यालीमा जापानी प्रहरी प्रशासनले महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

¥यालीमा वुद्धको जन्मस्थल लुम्बिनी हो , नेपालबाट संसारभर शान्तिको सन्देश फैलाउँछौँ वुद्ध वाज वर्न इन नेपाल जस्ता नारा लगाइएको थियो । बुद्ध नेपालमा जन्मेको हो भनेर चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा सहभागी जापान वासी एवं नेपाली तथा नेपाली संघ संस्थाहरुलाई अध्यक्ष टासि वाङदी लामाले धन्यवाद ज्ञापन गर्नुभयो ।

सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका प्लेकार्ड पनि संगै प्रदर्शन समेत गरेका थिए

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend