साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
प्यूठान सेवा समाज दोहा कतारले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको नौ बहिनी गाउँपालिका वडा ३ मा बसोबास गर्दै आएकी बसन्ता केसीलाई एबिसी टेलिभिजनको ईन्द्रेणी कार्यक्रम मार्फत एकलाख चालीस हजार रुपैया सहयोग हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्यूठान सेवा समाज कतारका निवर्तमान अध्यक्ष मान बहादुर केसी र संरक्षक लिला जिसी, राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष डा.गोविन्द पोख्रेल, सम्बन्धित गाउँपालीका अध्यक्ष शिव रिजाल, वडा अध्यक्ष माधव सिंह केसी, जिफन्टका केन्द्रिय सदस्य चन्द्र थापा, लोकदोहोरी प्रतिस्ठानका महासचिव सुवास केसी, पीडितका आफन्तहरु लगायतको उपस्थिति रहेको थियो ।

विगत लामो समयदेखि मृगौला फेल भएर जीवन र मरणको दोसाँधमा रहेकी केसीले सहयोग रकम ग्रहण पश्चात खुशी व्यक्त गर्दै बाच्ने आशा पलाएको बताइन । उनले आफ्नो उपचारका लागि सहयोग गर्नुहुने सम्पूर्ण र प्युठान सेवा समाज दोहा कतारलाई विशेष धन्यवाद प्रकट गरिन ।
उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रमलाई एबिसी टेलिभिजनद्वारा प्रत्यक्ष प्रशारण गरी सहयोग गर्नुहुने सम्पूर्ण ईन्द्रेणी टिम र पिडितलाई सहयोगका लागि समाजले चलाएको अभियानमा विभिन्न कोणबाट खट्नु हुने सबैलाई समाजका अध्यक्ष बलदेव रानाले धन्यवाद व्यक्त गरे ।
स्मरण रहोस : समाजले प्रवासमा भइपरी आउने समस्याहरुलाई समाधान गर्दै जिल्लामा समेत विभिन्न समस्यामा परेका पिडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend