logo
  • सोमबार, असोज १२ २०८३

नैतिकवान युवा नेपालको उत्प्रेरणा तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बिष्णु अधिकारी, कास्की बैशाख ८।
नैतिकवान युवा नेपाल-पोखरा, कास्किले पोखरा महानगरपालिका २३,कुदबिडाडा कास्की मा बैशाख ७ गते शनिबारको दिनमा एक दिने “उत्प्रेरणा तथा जनचेतनामुलक” कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य , “निस्ठावान न‌ैतिक समाज निर्माणका लागि स्वास्थ को आवश्यकता” बारे स्थानीय लाई जानाकारी दिनु थियो ।

कार्यक्रम कुदबिडाडा आमा समूह संगको सहकार्य मा भएको हो । सस्थाका संयोजक शिव प्रशाद अधिकारि को अध्यक्षयतामा सुरु गरिएको कार्यक्रममा कुदबिडाडा आमा समूहकी कार्यकारी उपाध्यक्ष राधा गुरुङ, भुतपुर्व वडा अध्यक्ष हिरालाल गुरुङ र सस्थाका सल्लाहाकार सञ्जय न्यौपाने (प्रन्जल) कार्यक्रम मा अथिती हुनुहुन्थ्यो ।

कार्यक्रम मा स्वागत मन्तव्य सस्थाका सस्थापक अभियान्ता , बिष्णु अधिकारी ले दिनुभएको थियो । उहाले सस्थाको उद्देश्य कार्यक्षेत्र र भावी योजना बारे जानकारी दिदै नैतिकवान बन्नुपर्ने मा जोड दिनु भएको थियो ।

त्यस्तै गरि , कार्यक्रम का प्रमुख वक्ता नैतिकवान युवा नेपाल-पोखरा ,कास्किका सल्लाहाकार सञ्जय न्यौपाने (प्रन्जल) ले स्थानीय लाई स्वास्थ नैतिकता र निस्ठाको बिषयमा जानकारी दिदै उत्प्रेरित हुन आग्रह समेत गर्नुभएको थियो भने सस्थाकी सदस्य राधा गिरी ले महिला स्वस्थ , आमस्वस्थ्य र हिजोको स्वस्थ्य अवस्था र आजको अवस्थाको बारे मूल्याकंन र जानकारी गराउनु भएको थियो ।

कार्यक्रमले स्थानीय आमासमुह तथा उपस्तिथित युवा र अन्य ब्याक्ती मा स्वस्थ्य र नैतिकता को बिषयमा सकारात्मक प्रभाव पारेको थियो । त्यस्तै अर्का वक्ता सस्थाका सस्थापक अभियान्ता हरि राई ले स्वास्थको बारे जानकारी र प्रेरणा दिदै स्थानीय लाई सकारात्मक हुनुपर्ने कुरामा जोड दिदै ब्यक्ति नैतीकवान हुदा समाज र सिंगो राष्ट्रलाइ फाइदा पुग्ने बताउनुभयो भने अर्को वक्ता सस्थाका सस्थापक अभियान्ता रबिन खतिवडा ले सकारात्मक संदेश दिने खालको खेल खेलाउनु भएको थियो ।

४ वटा टोलका अामा समुहबाट ७० जना भन्दा बढी सहभागी भएको कार्यक्रमको अौपचारिक संचालन सस्थाका सचीव जीवन अधिकारी ले गर्नु भएको थियो भने कार्यक्रममा सस्थाको तर्फबाट सस्थाका अन्य अभियान्ताहरु , सुजता गुरुङ , प्रकाश अधिकारी , गोबिन्द अधिकारी, सागर थापा , प्रेम गिरि, भरत पोख्रेल , निर्मल अधिकारी र सागर पौडेलको सहभागिता मा भयको थियो ।

कार्यक्रम का अन्तिम वक्ता सस्थाका संयोजक शिव प्रशाद अधिकारी ले स्थानीय लाई सकारात्मक भएर एउटामात्र भएपनी परीवर्तन गरेर अगाडि बढ्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । बिशुद्द सामाजिक सस्थाको रुपमा रहेर युवाहरूलाई र समाजलाइ परीवर्तन गर्ने उद्देश्य राखेर अगाडि बढ्दै गरेको सस्थाको पहिलो कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend