साझा नेटवर्क
तिलाचन पाण्डे, गुल्मी बैशाख ७
गाउँमा अबैध मदिरा नियन्त्रण गर्नका लागि गुल्मी जिल्लाको एक स्थानीय तहले इलाका प्रहरी कार्यलयलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । गुल्मी जिल्लाको सत्यावती गाउँपालिकाले गाउँमा मदिराका कारण धेरै झै झगडाहरु हुने गरेको त्यसलाई नियन्त्रण गरी शान्त गाउँपालिका बनाउन भन्दै इलाका प्रहरी कार्यलय खैरेनीलाई करिब दूई लाख ३५ हजार बराबरको १५० सीसीको पल्सर मोटरसाईकलको साँचो हस्तान्तरण गरेको छ ।

सत्यावती गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका लागि पहिले गाउँमा अबैध मदिराहरु नियन्त्रण गर्न जरुरी रहेकाले र गाउँपालिका भित्र कुनै आगलागी , बाढी पहिरो र कुनै बिपतका कार्यहरु हुँदा समेत प्रहरी संग साधन नभएकाले गाउँपालिकाले त्यस्ता कार्यहरुमा सहजता ल्याउनका लागि प्रहरीलाई मोटरसाईकलको ब्यबस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख , प्रहरी उपरीक्षक दीपक कुमार बस्नेतले सत्यावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय खैरेनीलाई मोटरसाईकल हस्तान्तरण गरेकोमा धन्यबाद दिदै प्रहरी अझै जनतामाझ पुग्न सहज भएको भन्दै गाउँमा गस्ती संगै गाउँमा हुने घटनाहरु सहजै रुपमा नियन्त्रण गर्न सकिने दाबी गरे ।
गाउँपालिकाले अबैध मदिरा नियन्त्रण गर्न , झै झगडाहरु कम गर्नका लागि लिएको नीतिमा पनि सहज पुग्ने उनको दाबी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend