logo
  • सोमबार, असोज १२ २०८३

समाचार प्रभाव : प्रमाणपत्रको प्रतिलिपी लिँदा अब नि:शुल्क पाइने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, बैशाख गुल्मी ६ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं २ मा रहेको खस्थोक माध्यमिक बिधालयले प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार असुल गरेको समाचार बिभिन्न संचार माध्यममा पुस ९ गते र कारबाही अझै भएन भन्ने समाचार बैशाख ५ गते प्रशारण भएपश्चात प्रमाणपत्रको प्रतिलिपी लिदा अब निशुल्क हुने भएको छ ।

बिधालय ब्यबस्थापन समितिको बैशाख ६गते बसेको बैठकले बिधार्थीहरुलाई कुनै भैपरी अबस्थामा प्रमाणपत्र नोक्सान भएका बिधालयले निशुल्क रुपमा प्रमाणपत्रको प्रतिलिपी दिने निर्णय गरेको बिधालयका प्रधानाध्यापक कृष्ण सुर्यबंशीले जानकारी दिए ।

यदि बिधार्थीहरु आफनै लापरबाहीले प्रमाणपत्र हराएका कक्षा १ देखि ७ सम्म दूई सय ५० रुपैयाँ र कक्षा ८ देखि एसईई सम्मका लागि पाँचसय रुपैया लिने निर्णय भएको सुर्यबंशीले जानकारी दिए । उनका अनुसार पहिले प्रमाणपत्र लिँदा कक्षा १ देखि ७ सम्म दुई हजार लिदै आएकोमा अब एक हजार पाँच सय रुपैयाँ लिने ।

कक्षा ७ देखि एसइई सम्मका लागि पहिले तीन हजार लिइदै आएकोमा अब दूई हजार पाँच सय रुपैया लिने निर्णय भएको जानकारी दिए । यस अगाडी कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिँदा ईश्मा गाउँपालिका वडा नं ४ की पुर्णीमा नेपालीले तीन हजार रुपैयाँ तिर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend