logo
  • शनिबार, भाद्र २० २०८३

झापाली समाजले “फ्राईडे स्कुल” बालशिक्षा अभियान सन्चालन गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

करिम बक्स, दोहा बैशाख ६ ।
झापाली समाज कतारले बालशिक्षा अभियान सन्चालनमा ल्याउने योजना अघि सारेको छ । ‘फ्राईडे स्कुल’ नामबाट साप्ताहिक बालशिक्षा सन्चालनमा ल्याएर कतारमा विभिन्न ओहोदामा रही रोजगार तथा व्यवसायमा आवद्ध सयौं परिवारका बालबालिकालाई नेपाली कला, भाषा, संस्कृती र सभ्यताबारे ज्ञान दिने लक्ष सहित निकट भविष्यमा उक्त साप्ताहिक शिक्षालय सन्चालनमा ल्याउने योजना रहेको समाजका अध्यक्ष भवानी प्रसाद कोईरालाले जानकारी दिए।

आफ्ना बालबालिकालाई आधारभूत शिक्षा प्रदान गर्न कतारमा परिवार सहित बसोबास गर्ने नेपालीहरुको लागि ठुलै चुनौतीको विषय बन्दै आई रहेको छ।नेपाली स्टान्डर्सको बिधालय नहुँदा भारतीय तथा युरेलोपेली स्टाण्डर्ड्सका बिधालयमा बालबालिका पढाउनु पर्ने बाध्यता त छँदैछ, त्यसको लागिपनि धेरै संघर्ष गर्नु पर्ने, बिधालयमा भर्ना गर्न कोटा पाउनै हम्मेहम्मे पर्ने र कोटा पाई हालेपनि महङ्गो शुल्क तिरेर बालबालिकाको पठनपाठनको जोहो गर्नु पर्ने जटिलता बारे यहाँका नेपाली अभिभावकहरुले गर्दै आईरहेका गुनासाहरु हुन्।

एकातर्फ बिधालयमा भर्ना पाउनै समस्या पाई हालेपनि विदेसी कला र सभ्यतामा बालबालिकाको चेतना हुर्कने समस्याले कतै आफ्ना बालबालिकाले आफ्नो सभ्यता र संस्कृती बिर्सने त होईनन् भन्ने चिन्ताले समेत बाबुआमालाई पिरोल्ने गरेको छ।

नेपाली बिधालय स्थापनाबारे लामो समयदेखि कतारका नेपाली अगुवाहरुले वहस गर्दै आएका भएपनि उक्त बहसले सार्थकता भने पाउन सकेको छैन।

अध्यक्ष कोईरालाले भने “सबैभन्दा प्रमुख पक्ष त यति ठूलो संख्यामा नेपालीहरु रहेको कतारमा एउटा नेपाली बिधालय होस् भन्ने नै हो,तर तत्काल त्यो सम्भव नभएकोले कम्तिमा आफ्ना बालबालिकाले नेपाली संस्कृती र सभ्यता नबिर्सिउन भन्नेमा हामी चिन्तित छौं” उनले भने “हाम्रा बालबालिकाले ‘जनमन गन र ‘सारे जहाँ से अच्छा’ गुनगुनाउँदा आफुहरुले सबथोक गुमाएको महसुस हुने गरेको” बताए।

कतारस्थित नेपाली नियोगले मासिक रुपमा राख्ने हेयरिङ्ग एण्ड शेयरिङ्ग कार्यक्रममा सबैभन्दा बढी र अनवरत उठ्ने विषय भनेकै नेपाली बिधालय स्थापना गर्नु पर्ने बारे हो, यद्यपि दूतावास प्रशासनले समेत ‘कुटनैतिक’ आश्वासन बाहेक केही दिन सकी रहेको छैन। दूतावासको भनाई अनुसार नेपाली बिधालय स्थापना र सन्चालन गर्न सकिने भएपनि ठोस योजना र लक्षमा भने नियोग कमजोर देखिने गरेको छ।

अध्यक्ष कोईरालाका अनुसार बालशिक्षालयमा विषेशत: नेपाली कलासंस्कृती, नेपाली पहिचान,भाषाशैली र सभ्यताबारे आधारभूत ज्ञान दिने लक्ष्य रहेको छ। साप्ताहिक रूपमा सन्चालनमा ल्याउन लागिएको शिक्षालयलाई कालान्तरमा स्थायी बिधालयको रूपमा बिकसित गर्दै लैजाने योजना रहेको उनले बताए।

आगामी हप्ता एउटा कार्यक्रमको आयोजना गरी बालशिक्षालय बारे विस्तृत जानकारी दिने तयारीमा आफुहरु रहेको कोईरालाले जानकारी दिएका छन्।

हाललाई समाज कै व्यबस्थापनमा सन्चालन गर्ने फ्राईडे स्कुलमा भर्ना शुल्क २०० कतारी रियाल र मासिक २०० शुल्क निर्धारण गरि अघि बढ्ने योजनामा आफुहरु रहेको उनले जानकारी गराए।

फ्राईडे स्कुल अभियानले बालबालिकाहरुलाई आफ्नो कला-संस्कृति, राष्ट्र र राष्ट्रियताबाट बिमूख हुनबाट जोगाउन सकिने अध्यक्ष कोईरालाको दावी छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend