logo
  • सोमबार, असोज १२ २०८३

पत्रकार महासंघद्वारा प्रशासन कार्यालयमा धर्ना, अटेरी गरे कडा आन्दोलनमा उत्रने चेतावनी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख ०५  ।
नेपाल पत्रकार महासघं जिल्ला शाखा गुल्मीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । जिल्लाका सबै संचार माध्यममा आवद्ध संचारकर्मीहरुले कार्यालय अगाडी धर्ना दिएका हुन् ।विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ प्रयोग गरेर पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेपछि बिहीबार सबै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रमअन्तरगत गुल्मीमा पनि धर्ना दिइएको पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्यालले जानकारी दिए ।
त्यसका साथै महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालय र सुचना तथा संचार प्रविधि मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाइएको छ ।

महासघंले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेज गर्न तथा समाचार लेखेकै कारण पोखरामा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको माग पनि गरेको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

यदि पत्रकारहरुको आन्दोलनलाई वेवास्ता गरी पत्रकार माथिको आक्रमण नरोकिए पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा उत्रने पनि अध्यक्ष भुसालले चेतावनी दिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले बिहिबार नै पत्र सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend