logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका ७१ वटा उजुरी अख्तियारमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी बैशाख ४ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलमा गुल्मीका ७१ वटा उजुरीहरु परेको कार्यलयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलका सुचना अधिकारी शुरेस भुसालका अनुसार फागुन मसान्त सम्ममा शिक्षासंग संबन्धीत २१ वटा, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग संबन्धित २२ वटा, भूमी सहकारी तथा गरिबी निवारण मन्त्रालयसंग संबन्धित २ , भौतिक पुर्वाधार तर्फ १० उजुरी छन ।

त्यस्तै बन तथा वातावरण तर्फ २, स्वास्थ्य तर्फ १, गृह मन्त्रालय तर्फ १, उर्जा जलस्रोत सिंचाई तर्फ ७ , संस्कृति तथा पर्यटन तथा नागरिक उड्यान अन्र्तगत १ , खानेपानी तर्फ १ र कृषि तथा पशुपन्छी अन्र्तगत ३ गरि कुल ७१ व्टा उजुरी परेको जानकारी दिनुभयो ।

कर्मचारी नियुक्तिमा धेरै उजुरी : दलिय हस्तक्षेप प्रमुख

कुल ७१ वटा उजुरी मध्ये २२ वटा कर्मचारी नियुक्ति , दलिय हस्तक्षेप लगायतका उजुरी परेको कार्यलयले जनाएको छ । यसै गरि शिक्षा क्षेत्रमा कुल २१ मध्ये भबन निर्माणमा अनियमितता , छात्रबृतीको रकममा हिनामिना भएको उजुरी परेको छ ।

यसैगरि भौतिक पुर्वाधार तर्फ सडक निर्माणमा अनियमितता , आर्थिक चलखेल तगायतमा १० वटा उजुरी परेको भुसालले बताउनुभयो । यसै गरि बिधुत्त , सिंचाई र कमसल खालका पोलहरु खरिद गरेको भन्दै ७ वटा उजुरी परेको हो ।

क्ल ७१ व उजुरी मध्ये ३२ वटा उजुरीहरुको फरस्यौट भईसकेको सुचना अधिकारी शुरेस भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend