logo
  • शनिबार, साउन ३० २०८३

मोना कतारद्वारा आयोजित चौथो साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

१० लाखको बहुउद्धेषिय अक्षयकोष स्थापना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार अविरल पन्थी, दोहा ।
कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारले नयाँ वर्ष २०७६ को शुभकामना आदान-प्रदान सहित आयोजना गरेको चौथो साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रममा पन्चेबाजा, लाइभ दोहोरी लगायतका विभिन्न प्रस्तुतिहरु रहने भएका छन । कार्यक्रममा नेपालबाट अतिथि कलाकार कुमार पुन र अमृता  श्रीपाल आउदै छन । त्यस्तै कतारमा रहेका कलाकारह€को समेत प्रस्तुति रहने भएको छ ।

म्याग्दी जिल्लामा १० लाखको बहुउद्धेषिय अक्षयकोष स्थापनार्थ आयोजना गरिएको उक्त कार्यक्रममा म्याग्देलीको उत्साह जनक सहभागिता हुनेमा विश्वस्त रहेको अध्यक्ष तिलु शर्मा पौडेल बताउछन । त्यस्तै उनले कतारमा रहेका म्याग्देलीलाई आफ्नो जन्मभुमिका लागि गरीएको अभियानमा सहभागिताको लागि अनुरोध समेत गरेका छन ।

कार्यक्रमलाई सफल बनाउनका लागि कतारमा रहेका विभिन्न १७ वटा संघ-संस्थाहरुले सहयोगी भूमिका खेलका छन । त्यस्तै कार्यक्रममा नेपाली दुतावास कतारले समेत सहयोग गर्ने प्रतिवद्धता जनाइ सकेको कार्यक्रम संयोजक नरेन्द्र फगामीले साझा नेटवर्कलाई जानकारी दिए ।

कतारमा रहेका म्याग्देलीहरुले सन २००३ मा स्थापना गरेको म्याग्दी सेवा समाजलाई परीणत गरी हाल मोनाकतारको रुपमा संचालनमा छ । मोना कतारले प्रवासमा भईपरी आउने विभिन्न समस्याको सामाधान संगै म्याग्दी जिल्लामा समेत सामाजिक तथा अन्य विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

आगामी २६ अप्रिल २०१९ का दिन कतारको सनैया स्थित डल्ला ड्राइभिङ् एकाडमीको हलमा आयोजित कार्यक्रममा प्रवेशका लागि कतारी रियाल ५० शुल्क राखिएको छ । कार्यक्रम स्थानीय समय अनुसार बिहानको ११:३० बजेबाट सुरुहुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend