logo
  • शनिबार, असोज १० २०८३

बढीगाढ खोलामा र्‍याफटिङ, मन्त्री बिष्ट आफै खेले


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी बैशाख ३ ।
जिल्लाको वढीगाढ खोलामा ब्यावसायीक रुपमा र्‍याफटिङ सुरु गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आफै चढेर र्‍याफटिङको शुभारम्भ गरे । मुसिकोट नगरपालिका र वढीगाढ गाउँपालिकाले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले र्‍याफटिङ संचालन गर्ने योजना अगाडी सारेका थिए ।

जसका लागि गत पुसमा संभाव्यता अध्ययन समेत गरिएको थियो । झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट ७ वामीले मंगलबारबाट र्‍याफटिङ सुरु गरेको छ । र्‍याफटिङ उद्घाटन गदै मन्त्री विष्टले वढीगाढ नदीका थुप्रै संभावना मध्येको यो एउटा काम भएको बताए ।

अव बढिगाढको पहिचान बढ्दै जाने भएकाले व्यावासयीक हिसावले र्‍याफटिङ सफल हुने बताए । मन्त्री बिष्टले बडिगाढ खोलाको शिर ढोर पाटन भएकाले सम्बन्ध बिस्तार मार्फत त्यहाँका पर्यटकलाई र्‍याफटिङसम्म ल्याउनु पर्नेमा जोड दिए । उनले ठुलो बडिगाढ त्यतिकै बगे पनि थुप्रै खेतीयोग्य जमिन बाँझो रहेकाले यसको उपयोग मार्फत धेरै विकास गर्नुपर्ने बताए ।

मन्त्री विष्ट बढीगाढ गाउँपालिकाको २ खर्वाङ्गवाट दुई किलोमिटर भन्दा बढी नदीमा र्‍याफटिङ समेत गरेका थिए । र्‍याफटिङपछि प्रतिक्रिया दिँदै बिष्टले यसको संभावना धेरै राम्रो र आनन्द पनि उत्तिकै रहेको बताए ।

वढीगाढ नदीमा र्‍याफटिङका लागि गएको १२ पुसमा गुल्मीका मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका र बाग्लुङ्गको वढीगाढ गाउँपालिकाले त्रिशुलीमा र्‍याफटिङ संचालन गरिरहेका मानध्वज गुरुङ्ग सहितको अध्ययन टोली बोलाएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

उनले परिक्षण सफल भएपछि आफुहरुले व्यासाय संचालनको अनुमति दिएको सापकोटाले बताए । उनले मध्य पहाडी लोक मार्ग र रिडि–रुद्रवेणी– वामीटक्सार सडकको केन्द्रबाट र्‍याफटिङ सुरु गरिएकाले पर्यटक भित्राउन कुनै मुस्किल नपर्ने बताए ।

मगंलवारवाट शुरु भएको र्‍याफटिङले व्यावसायी समेत उत्साहित भएका छन् । र्‍याफटिङले यस क्षेत्रको पर्यटन प्रर्वद्धन संगै होटल आफुहरुको व्यावसायमा समेत फाइदा हुने अपेक्षा रहेको वामीटक्सारमा होटल सञ्चालन गदै आएका गोपाल सापकोटाले बताए ।

संघियतासंगै केहि चहलपहल भएपनि र्‍याफटिङले त्यसलाई अझै बढाएर लैजाने सापकोटाको भनाई छ । तीन चरणमा र्‍याफटिङ गर्न सकिने व्यावस्था रहेको झक्कले एग्रो टुरिजम रिर्सोटका अध्यक्ष चुरामणी सापकोटाले बताए । उनले पहिलो स्टेपमा खर्बाङ्ग– झेदी, दोस्रो स्टेपमा झेदी–कुर्घा र तेस्रो स्टेपमा कुर्घा–झक्कलेसम्म यात्रा गर्न सकिने सापकोटाले बताए ।

अहिलेलाई अत्यन्तै न्युन शुल्कमा प्रति व्यति आठ सय ५० शुल्क निर्धारण गरिएको व्यावस्थापक अनिश गैरेले बताए । एक पटकमा आठ जनाले र्‍याफटिङ गर्न सकिन्छ । अहिले दैनिक तीन पटक मात्रै र्‍याफटिङ गरिने गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend