logo
  • सोमबार, असोज १२ २०८३

अझै पनि जङ्गल प्यारो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख २ ।
२०७६ साल वैशाख १ गते अर्थात नयाँ बर्ष । दिउँसोको करिब १२ः४५ बजे । धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेस्थित कुटियाखर्क खेलमैदान रङ्गिजङ्गि छ । मञ्चको अगाडी त्रिपाल ओच्याइएको छ । मञ्चमा खाली कुर्सीले अतिथी कुरिहेका छन् भने कुर्सीको पछाडी प्रमुख अतिथीबाट उद्घाटनको लागि पल्टाएर राखिएको व्यानर छ ।

व्यानर त्रिपालमा टाँसिएको छ । अलि सुविधासम्पन्न ठाउँमा भए पो कार्पेट, टेन्ट सबैको व्यवस्था हुनु । गाउँ, त्यो पनि विकट । त्यस्तो ठाउँमा त्रिपाल र टनेल पोखरीमा लगाउने जस्ता सेता प्लास्टिकद्धारा घेरिएको मञ्च । स्टार युवा क्लवका व्यक्तिहरुले अतिथी सत्कारका लागि बनाएको त्यो मञ्च सानो संङ्घर्षले भने बनाएको होइन् । घाम मध्यम अवस्थामा छ ।

त्यत्ति नै बेला कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा नेकपाका केन्द्रिय नेता गोकर्ण विष्ट मञ्चको अगाडी आइपुगे । त्यहाँ उनीमात्र थिएनन्, नेकपा गुल्मीका नेता बालसिंह काउछा, निम बहादुर पाण्डे, बुद्धि जिसी, नरेश भण्डारी लगायत करिब एक दर्जन नेकपाका नेता उपस्थित छन् ।

स्थानीय तहको निर्वाचनमा धुर्कोट गाउँपालिकामा नेपाली काङ्ग्रेस र तत्कालिन माओवादी केन्द्रको चुनावी तालमेल थियो । त्यसैअनुसार तत्कालिन माओवादी केन्द्रको तर्फबाट विजयी भएका गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कार्यक्रममै उपस्थित छन्, तर काङ्ग्रेसको तर्फबाट उपाध्यक्षमा विजयी भएका शिव खत्री त्यहाँ छैनन् ।

नेकपाकै तर्फबाट धुर्कोट गाउँपालिका अध्यक्ष, सचिव, मन्त्रीका स्वकिय सचिव तथा तत्कालिन एमाले अर्थात हालको नेकपाबाट विजयी भएका वडाप्रतिनिधीहरु पनि कार्यक्रममै छन् । म भने कार्यक्रममा पत्रकारको हैसियतले उपस्थित थिए ।

झ्याप्प हेर्दा यो कुनै नेकपाको कार्यक्रम जस्तो लाग्ला, वास्तविकता भने फरक छ । हाडहाडेको स्टार युवा क्लवद्धारा आयोजित भलिबल खेलको उद्घाटनका लागि मन्त्री विष्टसहितको समुह त्यस ठाउँमा पुगेको हो । मञ्जको अगाडी उभिएका मन्त्रीसहितका केहि नेकपाका नेताहरुले भन्न थाले, ‘यहाँ त गर्मी हुन्छ, मञ्च सारौ ।

त्यसपछि केहि मिनेट यताउता गरेपछि मञ्चका लागि उपयुक्त ठाउँ भेटियो, खेलमैदानको नजिकै जंगलमा । लामो समयसम्म तत्कालिन माओवादी आन्दोलनमा सामेल भएका गाउँपालिका अध्यक्ष पोखरेलले उपस्थित अन्य नागरिक जगंलको माथितिर सल्लेरीमा (जहाँ खसेका पात तथा सल्लिपिराल छन्) बस्ने तथा अतिथीहरु तलपट्टि कुर्सीमा बस्नेगरी ठाउँमा कुर्सी लैजान थालेपछि सबैले सित्तलमा त्यहि ठाउँमा नै कार्यक्रम गर्न उपयुक्त ठाने ।

खेल मैदान र जंगलको बिचमा कुनै दुरी छैन । छ त केवल, कार्यक्रमस्थल भनेर बनाइएको मञ्च खाली, जंगल भरिभराउ । कार्यक्रम संचालकले कार्यक्रम संचालन भएको घोषणा गर्दै अतिथिको आसन गर्न आग्रह गर्छन् । त्यत्ति नै बेला नेपाली काङ्ग्रेसका नेता छन्द बहादुर पहराई आइपुगे । उनलाई पनि अतिथीको आसन ग्रहन पछि अन्य धेरै नेकपामै आस्था राख्नेहरु अतिथी भए ।

जंगलको त्यो दृष्य हेर्दा लाग्थ्यो, कि अझै पनि कम्युनिष्टहरुलाई जंगल प्यारो लागिरहेको छ । यद्यपी जंगलमै कार्यक्रम गर्ने भनी पूर्वनिर्धाति भने थिएन् । काङ्ग्रेसबाट नेता पहराईबाहेक अन्य खासै अतिथी मञ्चमा छैनन् ।

८० भन्दा बढी नेकपाका नेताहरु बसेको अतिथी मञ्च र ठाउँ परिवर्तन गरिएको कार्यक्रम स्थल हेर्दा जनयुद्धकालको झल्को आएको पूर्व माओवादीहरु बताउथे । हाडहाडे कल्लावाट निवासी ४६ बर्षिया तुलाराम पाण्डे माओवादीको सशत्र द्धन्द्धमा लामो समयसम्म सामेल भए ।

युद्ध लड्न धेरै मोर्चाको नेतृत्व समालेका पाण्डे शान्तिपुर र बाग्लुङको जंगलमा १५÷१५ दिन बिताए भने मदानेको जंगलमा एक महिना कटाए । ‘तत्कालिन समयमा विपक्षिको डर थियो, त्यसैले घना जंगलमा पार्टी प्रशिक्षण गर्नुपथ्र्यो ।’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘यो कार्यक्रमले पनि मलाई युद्धको झल्को दिएको छ ।’

त्यसका साथै उनले विभिन्न समयमा पार्टीका भातृ संगठन गठन गरेको पनि सम्झन्छन् । ‘०५५ सालतिर अन्य ठाउँमा सरकारी पक्षले घेरामा राखेपछि बच्नको लागि म लगायतका १० नेता र केहि विद्यार्थी यसै डाडाँमा आयौँ ।’ उनी भन्छन्, ‘यहि ठाउँमा बसेर सात सदस्यीय विद्यार्थी कमिटी गठन ग¥र्यौ ।’

पछि माओवादी शान्ति प्रक्रियामा आएपछि औपचारिक कार्यक्रमको लागि उनी त्यस जंगलमा कहिल्लै गएनन् । तर एक्कासी नयाँ बर्षको दिनमै भएको कार्यक्रमले उनलाई द्धन्द्धकालकै याद दिलाइदियो । भन्छन्, ‘जे–जे परिवर्तन भएपनि हामिलाई जंगल नै प्यारो लाग्दो रहेछ ।’

अर्का स्थानीय यम बहादुर कुँवर अहिले नेकपा हाडहाडेका अध्यक्ष छन् । लामो समयसम्मम देश भित्र र बाहिर बसी जनयुद्धमा होमिएका कुँवरलाई पनि उक्त कार्यक्रमले जनयुद्धकै सम्झना आयो । ‘यस्तो सोचिएला भनेर पूर्व निर्धारित तरिकाले जंगलमा यो कार्यक्रम गरिएको होइन् । उनले भने, ‘समय फेरियो, सत्ता फेरियो तर याद उस्तै छ ।’

माओवादी आन्दोलनको परिणामस्वरुप देशमा संघियता आउने जस्ता परवर्तन भएकोमा उनी भने खुसि छन् । ‘अहिलेसम्म व्यक्तिगत जिवनमा केहि फाइदा लिएको छैन् ।’ उनले भने, ‘म र म जस्ता धेरैको सङ्घर्षको परिणामस्वरुप देशमा ठुलो परिवर्तन आएको छ, त्यसैमा खुसि लाग्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend