साझा नेटवर्क
गुल्मीको सत्यवति गाउँपालिका ८ भार्सेको लामाचौरमा युवाहरुले संचालन गरेको भैसी फार्म ।
टोपलाल अर्याल, गुल्मी बैशाख २ ।
गुल्मीको सत्यवति गाउँपालिका ८ भार्सेका तीन युवा । कुम बहादुर राना, नन्दु र निर्मल बुढाथोकी । क्रमश ५४, ४८ र ३६ बर्षका भए । अचेल बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म उनीहरुलाई बोल्ने कुनै फुर्सद छैन् । दिनभर तीन पटक गोवर पाल्ने, भैसी दुहुने, दुध तताउने, महि पार्ने, घिउ र दुध बोकेर गाउँ पुग्ने ।

गुल्मीको सत्यवति गाउँपालिका ८ भार्सेको लामाचौरमा युवाहरुले संचालन गरेको भैसी फार्म ।
त्यो मात्रै नभएर भैसीलाई घाँस पानी, कुडो र वनको काम फुर्सद हुने कुरै भएन् । परदेशबाट फर्किएका तीन जना युवाले भार्सेमा लामाचौरमा भैसी र्फाम संचालन गरेका छन् । २०७२ सालबाट संचालन भएको फर्ममा अहिले ७२ वटा भैसी र पाडापाडी रहेका छन् ।

अहिलेसम्म थाप्ले–लामाचौर लिमी पारकोटे भैसी फार्म मार्फत आफुहरुले करिव ३३ लाख खर्च गरेको संचालक कुम बहादुर रानाले बताए । कुम बहादु २३ महिना कतार बसेर फर्किए । निर्मलले २ बर्ष मलेसिया र केहि समय कतारमा काम गरे । भने नन्दु पनि २ बर्ष कतारमा काम गरेर गाउँमै केहि गर्ने अठोट बोकर स्वदेश फर्किए ।
तीन जना मध्ये दुई जना फार्ममा बस्छन् । प्रत्येक दिन एक जना गाउँ पुग्ने नियम छ । उनीहरुले बिहानको दुध बेच्दैनन् । त्यो घिउको लागि हो । साँझमा दैनिक १८ देखि २० माना दुध हुन्छ । डेढ दुई माना घिउ । माग भएको घरमा आफैले बोकेर पुग्छन् । सो व्यक्ति सोहि दिन आफ्नै घरमा बस्न पाउँछन् । भने अर्को दिन घरघरमा छोडेका भाँडा उठाउँदै फर्म पुग्ने नियम बनाएका छन् ।
गाउँमा माना चल्छ । एक माना दुघको ५० रुपैयाँ मुल्य पर्छ । एक माना घिउ ६ सय रुपैयाँमा बिक्री भइरहेको संचालन निर्मल बुढाथोकी बताए । दुघबाट मात्रै मासिक ३० हजार र घिउबाट १८ देखि २० हजार आम्दानी हुने गरेको बुढाथोकीले बताए ।
थाप्ले लामाचौर भैसी फार्मबाट दुघ, घिउ, पाडा, लैना भैसीदेखि सुकुटी समेत बिक्री हुने गरेको छ । फर्ममा ७२ वटा भैसी छन् । ती मध्ये ५० भन्दा बढि भैसी २४ घण्टानै जंगल बस्छन् । दुघ दिने १०/१५ वटा भैसी मात्रै गोठमा ल्याउने र जंगल लैजाने गरिएको संचालन नन्दु बुढाथोकीले बताए । जंगल भएकाहरुको घाँस पानीमा कुनै समस्या हुँदैन् । जंगलमा भएका १५ एउटा भैसी व्याउने छन् ।
लैनो भैसीको मुल्य ५० हजार हो । प्राय जेठदेखि असार–साउन बढि भैसी व्याउँछन् । उनले गत बर्ष पाँच वटा लैलो भैसी बेचिएको बताए । त्यो संगै पाडाहरु पनि बेच्ने गरिएको बुढाथोकीले बताए । एक बर्षको पाडाको मुल्य २० हजार छ । उनले नव्याउने र उल्टिरहने समस्या भएका भैसीहरुलाई पशु प्राविधिक मार्फत परिक्षण गरेर काट्ने र सुकुटी बनाएर बेच्ने गरिएको बताए ।
सुकुटीको मुल्य प्रति केजी दुई हजार रहको छ । त्यस्तै उनीहरुले भैसीको मल समेत एक ट्याक्टरको पन्ध्र सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । अब त्यहि मलको प्रयोग गरेर विभिन्न प्रकारका तरकारी खेती गर्ने सोँच बनाएको बुढाथोकीले बताए ।
उनीहरुले लिमी पारकोट जातको भैसी पालेका छन् । त्यो भैसी प्राय लेखमै बस्न रुचाउँछ । त्यसैले पनि अधिकाँश जंगलमै छोडिएको छ । उनीहरुलाई दाना, पानी र अरु व्यावस्थान गर्नु पर्दैन । चिसोमा भएका कारण रोग पनि लाग्दैन् । तर बाघले दुख दिने गरेको छ । भर्खर व्याएका पाडापाडी, सुत्केरी भैसी र व्याउने समय भएका भैसीहरुलाई बाघले आक्रमण गर्ने गरेको निर्मल बुढाथोकीले बताए ।
अहिलेसम्म १०÷११ वटा भैसी र पाडापाडी आक्रमण गरि मारेको उनले बताए । एक समुहमा २२ वटा भैसी रहेका छन् । उनीहरुलाई समुह–समुह बनाएर जंगल छोडिएको छ । चर्दै धेरै टाढासम्म पुग्ने भएकाले आफुहरुको दैनिक निगरानी नभएको बुढाथोकीले बताए ।
भैसी फर्मको अझै १० लाख क्रृण छ । तर तीन जनानै उत्साहित छन् । बरु थप लगानीको गरिरहेका छन् । अहिले बुंगुर पालन शुरु भएको छ । त्योसंगै व्यवस्थित रुपमा लोकल कुखुरा पाल्ने योजना रहेको कुम बहादुर रानाले बताए ।
उनका अनुसार वडादेखि गाउँपालिका स्तरबाट पनि सहयोग मिलेको छ । जसका कारण अर्को व्यवस्थित गोठ निर्माणको योजना आफुहरुको रहेको रानाले जानकारी दिए । उनले आफुहरुको धेरै योजना र चाहाना भएपनि छोराहरुले नगर्ने र गाउँमा कामदार समेत नपाइने भएकाले समस्या भएको बताए ।
‘मलाई कामले बोल्ने फुर्सद छैन,छोरो बिदेश जान्छु भन्छ,’उनले भने,‘छ सय तिरेर कामदार ल्याउँछौ, त्यहि पनि प्रयाप्त पाइदैन् ।’ आफुलाई काम गर्दा बार र गते समेतको हेक्का नहुने रानाले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend