logo
  • शनिबार, भाद्र २० २०८३

NRNA कतारको समन्वयमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, दोहा ।
गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको सयोजकत्वमा कतारमा स्थापित विभिन्न सघंसस्थाहरुको संयुक्त आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम साथ सम्पन्न गरेको छ ।

प्रवासमा रहेर पनि राष्ट्रिय पर्वहरु र संस्कृतिकको जगेर्ना गदै नेपाली परम्परा अनुसार गत वर्ष देखि संयुक्त रुपमा मनाउदै आएको छ ।

शुक्रबार नेपाली राजदुतावासको सभाहलमा आयोजना गरिएको कार्यक्रममा एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोख्ररेलको सभापतित्व तथा महामहीम राजदुत रमेश प्रसाद कोईराला प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै विशेष अतिथिहरुमा एनआरएनए आई सीसी मानार्थ सदस्य बिल बहादुर गुरुङ, आई सीसी मानार्थ सदस्य टि.वी कार्की, आईसीसी सदस्य विमल सुवेदी, कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।

त्यसै गरी अतिथिहरुमा एनआरएनए एनसीसीका सल्लहाकार क्रान्ति सिंह, प्रवासी नेपाली एकता मन्च कतार अध्यक्ष चनक पोख्रेल, नेपाली जनसम्पर्क समितिका सभापति केशब भुसाल, तराई मधेश लोकतान्त्रिक मञ्चका हुसेन खान, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष देव परियार, नेपाल आदिवासी जनजाति महासंघका शिव भुजेल, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करीम बक्स मियाँ लगायत विभिन्न संघ सस्थाका प्रतीनिधिहरुको उल्लेखिनिय उपस्थिति रहेको थियो ।

महासचिव बुधबल गुरुङको सहजीकरण रहेको कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गर्दै नेपाली महिला समाजका का.वा अध्यक्ष अमिना खानले कार्यक्रम उपस्थित सम्पुर्णमा शुभकामना सहित स्वागत गरेकी थिइन । त्यसैगरी मन्तव्यको क्रममा प्रवासी नेपाली एकता मचं कतारका अध्यक्ष चानक पोख्रेल, तराई मधेश प्रवासी मञ्चका हुसेन खान, अन्तर्राट्रिय नेपाली समाजका अध्यक्ष देव परियार, जनसम्पर्क समितिका सभापति केशव भुसाल लगाएतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी शुभकामना मन्तव्यको क्रममा पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, संघ संस्थाको तर्फबाट स्याङ्जा सहयोग समाजका अध्यक्ष अजमत अलि लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्तिममा एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संघ-संस्था समन्वय समितिका संयोजक तेज कटुवालले कार्यक्रममा विभिन्न पक्षबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने साथै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

महामहीम राजदुत रमेश प्रसाद कोईरालाले सम्पुर्ण नेपालीहरुमा नयाँ बर्ष २०७६ को पावन अवसरमा सु स्वास्थ्य एवं समृद्धिको सुभकामना कामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रमका सभापति नगेन्द्र प्रसाद पोख्ररेलले यसरी ५५ संघ-सस्थाले सामुहिक रुपमा आयोजना गरी एकै साथमा शुभकामना आदान-प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्दै, आगामि दिनहरुमा पनि संघ-सस्थाहरुको समन्वयको अपेक्षा सहित सम्पुर्ण कतारमा स्थापित संघ संस्थाका प्रमुखहरु कार्यकारी पदाधिकारी, व्यावसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार एवं उपस्थिति सम्पुर्णमा धन्यबाद प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend