साझा नेटवर्क
साझा नेटवर्क ।
रञ्जुला फिल्मस्को प्रस्तुतिमा बिजय तिखातरीको लेखन र निर्देशन रहेको नेपाली सर्ट फिल्म एकैछिन भाउजु लामो प्रतिक्षापछि नयाँ बर्षको आगमन सँगै दर्शकले हेर्न पाउने भएका छन ।

फिल्मका निर्माता भने राज गिरि र राजकिरण सोनम रहेका छन । फिल्म बाध्यताले देश छोडेर बैदेशिक रोजगारमा हिँड्दा परिवारमा भएको खलवल र परदेशी को व्याथालाई समेटेर निर्माण गरिएको छ ।
फिल्म मा राज गिरि, द्धारिका मल्ल, राजकिरण सोनम, शिवराज सोप, देब बहादुर उजी, करण जोगलेटर, गणेश नेपाली, समिर घिमिरे र भिम पार्कीले अभिनय गरेका छन । पछिल्लो समयमा देशमा भएको बेरोजगारिको समस्यालाई फिल्म मा सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ ।
नेपाली हरुको नयाँ जोस जाँगर सगैँ आउदै गरको नयाँ बर्ष २०७५ को आगमन ले दर्शकलाई नयाँ स्वाद दिन प्रदर्शन गर्न लागीएको छोटो चलचित्र एकैछिन भाउजुले कत्तिको सफलता पाउँछ त्यो भने हेर्न नै बाँकि छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend