साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
“प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मुल नाराका साथ कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना-कतार)ले उपाध्यक्ष लुक बहादुर रसाइली (आकाश)लाई स-सम्मान बिदाई गरेको छ ।

म्याग्दीको मालिका गाउँपालिका ४ छापाखानी स्थाई घर भै बिगत लामो समयदेखि रोजगारीको शिलसिलामा दोहा कतारमा रहदै आउनु भएका रसाइली आफ्नो कतार बसाइलाई बिट मार्दै स्वदेश फर्किन लाग्नु भएको अवसरमा गत बिहिबार नज्मा स्थित युनिक नेपालि रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रमका बीच बिदाई गरिएको थियो ।

समाजका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एव वर्तमान संरक्षक प्रेम रसाइली प्रमुख अथिति तथा अर्का संरक्षक बिक्रम कार्की,उपाध्यक्ष लुक बहादुर रसाइली र प्रमुख सल्लाहकार रमेश पौडेल बिशेष अतिथि रहनु भएको थियो । ।
बिदाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं संरक्षक प्रेम रसाइलीले स्वदेशमा फर्किएर पनि विदेशमा सिकेको सिप र ज्ञानलाई प्रयोगमा ल्याउन र मोना कतारको नाम अझै उचाइमा पुर्याउने काममा आकाश रसाइलीबाट कुनै कन्जुस्याई हुने छैन भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
अर्का संरक्षक बिक्रम कार्कीले आकाश रसाइलीले कतारमा रहदा संस्थालाई पुर्याउनु भएको योगदान अतुलनिय रहेको र छोटो समयमा शब्दमा व्यक्त गर्न नसकिने हुनाले वहाको योगदानको उचित मुल्यांकन इतिहासले अवस्य गर्ने छ भन्दै वहाको नेपाल बसाई अझै सुखमय र सफल रहोश भन्ने कामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अर्का बक्ता एवं प्रमुख सल्लाहकार रमेश पौडेलले आफु अध्यक्ष रहेको कार्यकालमा आकाश रसाइलीले बिशेष गरि खेलकुदको माध्यमबाट मोना कतारलाई पुर्याउनु भएको योगदानको जति तारिफ गरे पनि कमै हुने कुरा बताउनु भएको थियो ।
संस्थाका महासचिव थम कुमार गिरीको सहजीकरण र उपाध्यक्ष नरेन्द्र फगामीको स्वागत मन्तव्यका साथ शुरु भएको कार्यक्रममा स्वदेश फर्कन लाग्नु भएका आकाश रसाइलिलाई संस्थाका संरक्षक, सल्लाहकार, कार्यसमितिका पदाधिकारी लगायत उपस्थित म्याग्देलीहरुले दोशल्ला तथा खादा ओढाएर सम्मान गरेका थिए ।
मोना कतारले वहालाई सम्मान स्वरुप संस्थाको आजिबन सदस्यताको सम्मान पत्रले समेत सम्मान गरेको थियो । कार्यक्रमको अन्त्यमा आफ्नो बोल्दै संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलले आकाश रसाइलीले संस्थालाई पुर्याउनु भएको योगदानको व्याख्या गरेर नसकिने बताउदै स्वदेश यात्रा सफलताको कामना सहित कार्यक्रम समापन गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend