साझा नेटवर्क
सजिना मोक्तान,टोकियो चैत्र २८ ।
२५६३औं बुद्घ जयन्तिको अवसरमा २५६३ मिलिमीटर बुद्द र बुद्दत्व अँकित कपडामा हस्ताक्षर संकलन गरि जापानको तथ्याङ्क हेर्ने आधिकारिक निकाय समक्ष बुझाउने गरि गैरआवासीय नेपाली संघ जापानले शान्ति र्र्यालीको आयोजना गर्ने भएको छ। विगतका वर्षहरुमा नेपाल जापान युथ क्लब र विई फर अल दुई सामाजिक सँस्थाहरुको आयोजनामा उक्त र्र्याली हुँदै आएको थियो ।
केही जापानी नागरिकमा अझैपनि बुद्धको जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग पुर्याई नेपालको परिचय गराउन शान्ति र्यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । यस पटकको र्र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्ने बताइएकोछ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित अप्रील २१ तारिक आईतबारको लागी भेलाहुने पार्क हिबिया पार्क र त्यहॉ बाट गिन्जा हुदै र्याली अगाडी वढ्नेछ । र्याली हिबीया पार्कबाट दिउसो १३:००बजे सुरुहुने गरी अनुमती पाएको संयोजक सरोज कुमार खत्रिले जानकारी दिनुभयो।
बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी हुन अध्यक्ष टासि वाङदी लामाले आग्रह गर्नु भएको साथै, सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका प्लेकार्ड पनि संगै प्रदर्शन गरिने संघका महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend