साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी चैत्र २८ ।
गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । नेटाबाट तम्घास जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप बिहिबार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्तुका अन्दाजी ६० बर्षीय भण्डारी सहित मालिका गाउँपालिका १ नेटाका १३ बर्षीय ओसर विकको मृत्यु भएको प्रहरी प्रमुख दिपक कुमार बस्नेतले बताए । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते मध्ये मालिका गाउँपालिका २ का ३६ बर्षका कमल पुरी, ३२ बर्षीय सुर्य बहादुर थापा, २५ बर्षीया कोशिला थापा, १८ बर्षका नरेन्द्र श्रीसको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र बहादुर खड्काले बताए । त्यस्तै मुसिकोट नगरपालिका १ की ३८ बर्षीय रिमा भटराई, सोहि स्थानका ४० बर्षीय भोज बहादुर भटराई, मालिका गाउँपालिका २ का ३ बर्षीय कृतिमा थापा र ५ बर्षमा जेनिस थापा सामान्य घाइते भएको खड्काले बताए ।
गम्भिर अवस्था रहेका घाइतेलाई गुल्मी अस्पताल र बाँकीलाई वामी स्वास्थ्यचौकी पठाइएको छ । जीप सडकबाट एक सय मिटर तल खसेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend