logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी हस्तिचौरका महिलाले बाँसका सामग्री बनाउन सिक्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी चैत्र २७ ।
गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरमा बाँसका सामग्री बनाउने तालिम शुरु भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तीन महिने तालिम संचालन गरिएको छ । तालिमको इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले गरिन ।

तालिमको उद्घाटन गर्दै खत्रीले तालिमलाई अत्यन्तै महत्वपूर्णका साथ लिएर काम गर्न प्रशिक्षार्थीलाई अनुरोध गरिन् । यो तालिम मार्फत महिलाहरुको जिविकोपार्जमा सहजता आउने भएकाले समय व्यावस्थापनमा गम्भिर बन्न आग्रह गरेकी छन् ।

घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा ग्रामिण उद्यमशिलता विकास केन्द्र शाखा कार्यालयको आयोजनामा तालिम संचालन गरिएको कार्यक्रम संयोजक भगवती श्रीसले बताइन् ।

तालिममा प्रशिक्षक तेज बहादुर भुजेलले बाँसका विभिन्न सामग्रीहरु बनाउन सिकाउने छन् । कार्यक्रम गाउँपालिका उपप्रमुख बिमला खत्रीको अध्यक्षता, कार्यक्रम संयोजक श्रीसको स्वागत तथा सहजकर्ता सरिता थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend