साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी चैत्र २७ ।
इस्मा गाउँपालिकाको अध्यक्ष कप भलिवलको उपाधी यो बर्ष इस्मा गाउँपालिका ४ दोहलीले जितेको छ । २५ चैत्रबाट तीनसम्म संचालन भएको प्रतियोगीतामा वडा नं २ लाई पराजित गर्दै दोहलीले उपाधी प्राप्त गरेको हो ।
इस्मा गाउँपालिका ३ दर्लामचौरको ठाढुङ्गा माविमा संचालन भएको प्रतियोगीतामा दोहलीले तीन सेटनै आफ्नौ पोल्टामा पारेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोकर्ण थापाले बताए । त्यस्तै इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर उपबिजेता बनेको छ । भने वडा नं ५ रजस्थलले तृतिय स्थान प्राप्त गरेको थापाले जानकारी दिए ।
प्रतियोगीतामा बिजेता वडा नं ४ दोहलीले ३३ हजार पाँच सय, उपबिजेता वडा नं २ हस्तिचौरले २६ हजार सात सय र तृतिय हुने वडा नं ५ रजस्थलले २० हजार प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । त्यस्तै बिजेता समुह दोहलीका पदम अछामी उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएका छन् ।
प्रतियोगीतामा उपबिजेता वडा नं २ हस्तिचौरका कमल रेश्मी मगर अनुशासित खेलाडीको रुपमा पुरस्कृत भएको स्रोत व्यक्ति लाल बहादुर कुवंरले बताए । अनुशासिकत र उत्कृष्ट खेलाडीले १५÷१५ सय प्राप्त गरेका छन् । गत बर्षको अध्यक्ष कप इस्मा गाउँपालिका वडा नं ५ रजस्थलले प्राप्त गरेको थियो ।
बिजेता सवै खेलाडीलाई गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतले सम्मान गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका प्रमुख बिष्टले खेल र खेलाडीहरुको बृति र विकासको लागि आफुहरु गम्भिर भएकाले प्रतियोगीताको आयोजना गरिएको बताए ।
उनले आगामी दिनमा समेत नयाँ योजना र कार्यक्रमहरु संचालन गरिने बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले स्वास्थ्य र अनुशासनको लागि खेल धेरै महत्वपूर्ण भएकाले अझै सक्रिय र उत्साहित भएर खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई आग्रह गरे ।
कार्यक्रम इस्मा गाउँपालिका अध्यक्ष कप भलिवलको प्रतियोगीता संचालन समितिका संयोजक तोयनाथ शर्मा सापकोटाको अध्यक्षता र स्रोत व्यक्ती लाल बहादुर कुवंरको संचालनमा सम्पन्न भएको थियो ।
साथै गाउँपालिका उपप्रमुख बिमला खत्री, वडाध्यक्षहरु चुरा बहादुर खत्री, टीका रेश्मी, गनु प्रसाद अधिकारी, कार्यपालिका तथा गाउँसभा सदस्य लगायतको प्रतियोगीतामा सहभागीता रहेको थियो । प्रतियोगीताको उद्घाटन प्रदेश नं ५ का सांसद खडग बहादुर केसीले चैत्र २५ गते गरेका थिए ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend