logo
  • सोमबार, असोज १२ २०८३

केवाईसी क्लव गुल्मीले आठौं वार्षिकोत्सव मनाउदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली ।
सामाजिक कार्यमा अग्रसर रहेर कार्य गरिरहेको कालीगण्डकी गाँउपालिका, वडा नं ७ कराङ्गतुङ्ग, गुल्मीमा स्थापित कराङ्ग तुङ्ग युवा क्लव (केवाईसी)ले आफ्नो स्थापनाको आठौ वार्षिकोत्सवको अवसरमा बिभिन्न रंगारंग कार्यक्रम गर्न लागिरहेको छ ।

साविकको वडा स्तरिय पुरुस भलिवल प्रतियोगिता, लोक तथा दोहोरी गित प्रतियोगिता, एकल नृत्य, घैटोफोर, म्युजिकल चियर प्रतियोगिता लगाएत बिभिद रंगारंग कार्यक्रम गर्न लागिरहेको क्लवका अध्यक्ष टिका सुबेदीले जानकारी गराएका छन ।

पुरुस भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ३३३३३(तेत्तिस हजार, तिन सय तेत्तिस रुपैया) दोस्रो पुरस्कार २२२२२ (बाईस हजार, दुई सय बाईस रुपैया) तेस्रो पुरस्कार १११११(एघार हजार, एक सय एघार रुपैया) रहेको क्लवका सचिव शंकर खत्रीले जानकारी दिए ।

प्रथम पुरस्कार सौजन्य शिद्धबाबा आमा समुह, कराङ्ग तुङ्ग, गुल्मी, दोस्रो पुरस्कार सौजन्य अर्जुन कार्की, रमेश कार्की र करण कार्कीले जापानबाट संयुक्त रुपमा गरेका छन । तेस्रो पुरस्कार भुमा फर्निचर उधोग ड्राईभरटोल, रुपन्देहीबाट सुरेश थापा र सान्त्वना पुरुस्कारलाई जापानबाट बिजय कार्कीले सौजन्य गरेका छन ।

‘कराङ्ग तुङ्ग क्लवको शान, नयाँ बर्ष हाम्रो पहिचान ‘भन्ने मुल नाराका साथ सुरु हुन लागिरहेको बिभिद मनोरंजनात्मक तथा खेलकुद कार्यक्रम यहि चैत्र २७ देखि बैशाख २ सम्म चल्ने छ । “भलिवल प्रतियोगितामा भाग लिन आउने दुरदराजका खेलाडीहरुलाई पचास प्रतिशत छुटमा खान र बस्नको ब्यवस्था मिलाईएको छ, कार्यक्रम संयोजक सन्तोष कार्कीले भने।

कालीगण्डकी गाँउपालिका वडा नं ७ भुर्तुङ्गको वडा कार्यालय लगाएत कराङ्गतुङ्ग निवासी बुद्धिजीवीहरुको आर्थिक सहयोग रहेको रंगारंग कार्यक्रमको उद्धाटन बयोबृद्ध बुद्धिजिवी मान बहादुर कार्कीले गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend