साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र २६
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का गण्डकी प्रदेश सदस्य सुनिल शेरचनले कार्यकर्ताहरुलाई समृद्धिको अभियानमा लाग्न आह्वान गर्नुभएको छ।
नेकपाले वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानीमा राखेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शेरचनले कम्यूनिष्ट पार्टि विचको एकताले विश्वलाई नयाँ सन्देश दिएको भन्दै अव आर्थिक क्रान्तिको वाटो कम्यूनिष्टले नै तय गर्ने वताउनु भएको हो।
कार्यक्रममा प्रस्तावित जिल्ला सदस्य मिलन रेश्मी, महिला सदस्य पार्वती घर्ति लगाएतले वोल्नुभएको थियो। कार्यक्रम वडा अध्यक्ष खड्क पुनको अध्यक्षता, कृष्ण थापाको स्वागत मन्तव्य तथा समिर पुनको संचालनमा सम्पन्न भएको थियो। सो भेलाले लोक वहादुर घर्तिको अध्यक्षतामा २१ सदस्यिय वडा संगठन कमिटि को गठन गरेको छ।
जसको सचिवमा समिर पुन रहनुभएको छ। चैत्र २२ गते वडिगाड स्तरीय कमिटिको गठन गरेपछि वडा संगठन कमिटिको गठनलाई तिव्रता दिइएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend