logo
  • शनिबार, असोज १० २०८३

नेकपाको संगठन सुदृढिकरण अभियान चल्दै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ चैत्र २६ ।
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) को संगठन विस्तार तथा एकिकरण अभियान अन्तरगत गल्कोट नगरपालिका वडा नं. ५ र ६ हरिचौरमा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलाले वडा नं. ५ मा पूर्ण काउचाको अध्यक्षतामा २५ सदस्यिय नयाँ कमिटिको गठन गरेको छ। जसको सचिवमा सचिन शर्मा न्यूरे रहनुभएको छ। त्यस्तै वडा नं. ६ मा मेघराज रेग्मीको अध्यक्षतामा २५ सदस्यिय कमिटिको गठन गरेको छ। जसको सचिवमा कुमार श्रीस रहनुभएको छ।

कार्यक्रममा नेकपाका केन्द्रिय सल्लाहकार एवं पूर्व सभासद क्या पूर्ण वहादुर राना, सल्लाहकार यम वहादुर श्रीस, जिल्ला सदस्य गंगा भुजेल, जिल्ला सल्लाहकार गुमानसिंह वुढाथोकी, नगर अध्यक्ष ललित श्रीस, नगर सचिव डम्वर वहादुर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रम पूर्ण काउचाको अध्यक्षता, भिम वहादुर वि.क.को स्वागत मन्तव्य तथा मेघराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend