logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीमा जिप दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँची, चैत्र २५ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा आज दिउँसो जीप दुर्घटना भएको छ । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागी छुटेको गाडी सोमबार दिउँसो करिब सवा दुई बजे दुर्घटना भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।

गाडी सड्कबबाट १०० मिटर तल खसेको छ । लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ ।

घाईते १५ जनालाई भैरहबा मेडिकल कलेजमा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग थापाले जानकारी दिए । गाडी ब्रेक फेल भएर दुर्घटना भएको भनाई रहे पनि घाईतेहरुको ड्राईभरको लापारबाहीका कारण दुर्घटना भएको बताएका छन् ।

१५ जना घाईतेलाई उपचारका लागी भैरहवा

गाडी दुर्घटनामा घाईते भएका १५ जनालाई सन्धिखर्क अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

भुमिकास्थान ९ का भारती थापा, भुमिकास्थान ७ का शिवबहादुर रायमाझी, सन्धिखर्क १२ का विष्णुमायाँ श्रेष्ठ, भुमिकास्थानका ज्ञानु थापा, रोल्पाका रेगबहादुर थापा, निर्मला घर्ती मगर, सन्धिखर्क ९ का मुमादेवी आचायर्य, मालारानी ५ का सन्ध्या भुसाल, प्युठान ऐरावतीका सोनु शाही र डेविट विक्रम शाह, सन्धिखर्क १२ का राजेश नेपाली, भुमिकास्थान ५ का मिना बन्जाड, भुमिकास्थान ८ का हिराबहादुर विक, भुमिकास्थान ६ का संगीता घर्ती, भुमिकास्थान ५ का जीवन थापा र भुमिकास्थान नगरपालिका ६ का ड्राईभर श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग शाहले जानकारी दिए ।

गाडी दुर्घटना गराएका चालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागी भैरहवा लगिएको छ । भुमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend