साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी चैत्र २४ ।
गुल्मीमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सेवा सुभारम्भ गरेको छ । एक कार्यक्रमका बिच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरशे कुमार भट्टराईले सेवा शुभारम्भ भएको घोषणा गरे ।
महालक्ष्मी इन्स्योरेन्सले बिमितको लागि विभिन्न सेवा–सुविधा रहेको जनाएको छ । बीमालेख चालू रही बीमालेखको अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखको आर्जित रकम इच्छ्याइएको व्यक्ति वा नजिकको हकदारलाई दिइने शाखाका गुल्मी प्रमुख श्रीराम महतले बताए । बीमालेख प्रारम्भ भएको ५ बर्षसम्म आधारभुत बीमा शुल्कको ११० प्रतिशत मध्येको अधिकतम रकम प्रदान गर्नेछ ।
बीमा गरेको ६ देखि १० बर्षसम्म बीमितको मृत्यु भएमा बिमाङ्कको १५० प्रतिशत हुने रकम वा भुक्तान भएको आधारभुत बीमा शुल्कको ११० प्रतिशत मध्येको अधिकतम रकम प्रदान गर्ने महतले बताए । त्यस्तै बीमालेख प्रारम्भ भएको ११ बर्ष देखि माथि बीमितको मृत्यु भएमा बीमाङ्कको २०० प्रतिशत बोनस प्रदान गरिनेछ । बीमालेख अवधि समाप्त भएमा बीमाङ्कको दोब्बर रकम प्रदान गरिने शाखाले जनाएको छ ।
बीमा ५ देखि ३० बर्ष अवधिको गर्न पाइने, बीमा समाप्तिमा अधिकतम उमेर ७० बर्ष रहने कम्पनीले जनाएको छ । त्यसैगरि न्यूनतम बीमाङ्क ५० हजार र अधिकतम पाँच करोड रहेको छ । त्यसैगरि बार्षिक, अर्धबार्षिक, त्रैमासिक वा मासिक रूपमा बीमा रकम भुक्तान गर्न पाइने पनि इन्स्योरेन्सले जनाएको छ । कम्पनीले ५ वटा बैंकहरूसँग समझदारी गरेको छ । मेगा बैंक, ज्योती विकास बैंक, ओम डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकसँग साझेदारी रहेको जनाईएको छ । कम्पनीले जर्मनीको म्युनिख रि र नेपाल पुनर्बीमा कम्पनीसँग आफ्नो कारोबारको पुनर्बीमा गरेको छ ।
०७५ माघ २७ गतेबाट औपचारिक रुपमा सेवा सुभारम्भ गरेको कम्पनीले दुई महिनामै ४५ वटा जिल्लामा बिमा सचेतना कार्यक्रम गर्न सफल भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टले नेपालमा अहिलेसम्म कुनै पनि बिमा कम्पनीहरु घाटामा नगएको बताए । ‘कुनै पनि बिमा कम्पनी घाटामा छैनन्, विश्वास जित्न झुटो प्रचार होइन, कम्पनीको नीति बेच्नुपर्छ ।’
उनले भने, ‘केहि गलच प्रचारले समग्र बिमा क्षेत्रको बदनाम भएको छ । राज्यले बीमा क्षेत्रको सम्पूर्ण दायित्व बहन गर्न नसकेको अवस्थामा बीमा कम्पनीहरुले त्यसको परिपूर्ति काम गरेको पनि उनले दाबी गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend