साझा नेटवर्क
दिपक खनाल चैत्र २४ गते ।
नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अर्घाखाँची द्वारा आयोजित जिल्ला प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरेको अध्यक्षयता, नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष देबेन्द्र प्रसाद उपाध्ययको प्रमुख आथित्यता, नेपाल संघ जिल्ला उपाध्यक्ष नेत्र प्रसाद पोख्रेलको स्वागत मन्तव्य बाट प्रारम्भ भएको कार्यक्रमको संचालन नेपाल शिक्षक संघका जिल्ला सचिव लालमणि पौडेले गर्नु भएको थियो ।

जसमा कार्यक्रमको सफलाको लागि शुभकामना तथा मन्तव्य दिने क्रममा नेपाल प्रेश युनियन जिल्ला अध्यक्ष बिरेन्द्र के सी, नेपाल कर्मचारी युनियन संघ जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओसन, नेपाल ट्रेड युनियन जिल्ला अध्यक्ष सुमन्त बस्याल, छत्रदेव गाउपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम, महिला संघ जिल्ला अध्यक्ष शान्ता भण्डारी, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिती छोटेलाल प्रसाद शाह, सन्धिखर्क नगर्पालिका प्रमुख कमल प्रसाद भुसाल, नेपाली काङ्ग्रेस जिल्ला सभापती बिष्णु खनाल मुस्कान, जिल्ला सम्न्वय समिती अध्यक्ष पिताम्बर शर्मा, ५ नम्बर प्रदेश सदस्य निर्मला क्षेत्री, नेपाल शिक्षक महासंघ राष्ट्रीय समिती महासचिव लक्ष्मीकोशोर सुवेदीले दिनु भएको थियो भने नेपाल शिक्षक संघ सुरुवात देखि आज सम्म आइपुग्दा भोग्नु परेका समस्याहरु को बारेमा नेपाल शिक्षक संघका सस्थापन अध्यक्ष देबेन्द्र प्रसाद उपाध्ययले प्रकाश पर्नु भयो ।
प्रमुख अथितीलाई मायाको चिनो द्वारा सम्मान गरिएको थियो भने कार्यक्रमको समापन उक्त कार्यक्रमका सभापति यादव प्रसाद घिमिरेले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend