logo
  • सोमबार, असोज १२ २०८३

इस्मामा ट्याक्टर दुर्घटना, ३ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी चैत्र २३ ।
इस्मा गाँउपालिका १ हस्तिचाैर झरनामा ट्याक्टर दुर्घटना हुदाँ तीनजना घाइते भएका छन् । स्थानीय घर्तिफाँटबाट बालुवा बाेकेर तम्घास जाँदै गरेकाे लु ४ त २०५५ नम्बरकाे ट्याक्टर दुर्घटनामा परेकाे हाे स्थानीय शिक्षक बाबुराम पन्थीले जानकारी दिए ।

ट्याक्टर तिब्र गतिका कारण अनियन्त्रित भई स्थानीय तारा केसिकाे झरनादाेभान हाेटल एण्ड रेस्टुरेन्टभित्र पसेकाे थियाे । दुर्घटनामा परि ट्याक्टर चालक छत्रकाेट गाँउपालिका ६ का २२ बर्षिया माेहन रेश्मी घाइते भएका छन् ।

उनकाे खुट्टा र टाउकाेमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ । त्यस्तै हाेटलमा नास्ता खाँदै गरेका कालिका कन्ट्रक्सनका 3 जना कामदार बृन्दाबन नगरपालिका १ राैतहटका सुनिल पटेल ,नन्दलाल पटेल र जितेन्द्र चाैधरी सामान्य घाइते भएका छन् ।

चारै जनालाई एम्बुलेन्समा उपचारकाे लागि तम्घास पठाईएकाे छ । ट्याक्टरले ठक्कर दिँदा हाेटलमा रहेका फर्निचर, घरकाे पिलर र ढाेकामा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend