logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी महोत्सवमा पर्यटकिय वृतचित्र प्रस्तुत


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी चैत २१ ।
गुल्मीमा सुरु भएको प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलामा बृत चित्र प्रस्तुत गरिएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कर्मसले चैत २० गते देखी ३० गते सम्म महोत्सव आयोजना गरेको हो ।

गुल्मी जिल्ला भित्र रहेका बिभिन्न स्थानका पर्यटकिय महोत्सव बोकेका स्थानहरुलाई समेटेर बृतचित्र प्रस्तुत गरिएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।

महोत्सव अबलोकनमा आउने आन्तरिक एवं बाश्य पर्यटकहरुलाई गुल्मीमा यस्ता पर्यटकिय क्षेत्रहरु छन् भन्ने जानकारी गराएर पर्यटकहरु भित्राउने लक्षयका साथ बृत चित्र प्रस्तुत तरिएको भुसालले बताए । जिल्लाका कुन स्थानमा कुन पर्यटकिय स्थान रहेको छ र त्यसको महोत्व के छ भन्ने बारेमा जानकारी सहितको बृत चित्र प्रस्तुत गर्न लागिएको भुसालले बताए ।

महोत्सवमा प्रत्येक दिन बृतचित्र मार्फत जिल्लामा रहेका पर्यटकिय स्थलहरुमा जानकारी दिने उदेश्यले बृतचित्र प्रस्तुत गर्न लागिएको भुसालले बताए । बृतचित्र मार्फत गुल्मी जिल्लामा रहेका पर्यटकिय स्थानहरुको जानकारीसँगै ति स्थानहरुको प्रचारप्रसार हुने उदेश्य राखिएको आयोजकले जनाएको छ ।

बृत चित्रमा रेसुंगा, रुरु,अर्जुन,बिचित्र गुफा, कंकेदेउराली, इस्मा कोट, मुसिकोट, धुर्कोट, चारपाला दरबार, चोएगा, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको बारेमा महत्व बारे जानकारीसँगै त्यस स्थानका मनमोहक दृश्यहरु बृतचित्र मार्फत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend