logo
  • सोमबार, असोज १२ २०८३

सोलिडारिटी इन्टरनेशनलले एक हजार विद्यार्थीलाई झोला वितरण गर्ने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं, चैत २० ।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले प्रोजेक्ट झोला सन्चालन गर्ने भएको छ । बिकट गाउँका बालबालिकाहरु विद्यालयमा नियमित नभएपछि आकर्षणका लागि बिभिन्न संघ संस्था तथा ब्यक्तिगत दाताको पहलमा झोला बितरण अभियान सन्चालन गर्न लागेको सोलिडारिटी इन्टरनेशनलका प्रबक्ता अजनिस घिमिरेले जानकारी दिए ।

बिभिन्न जिल्लाको शैक्षिक विकासका लागि क्रियाशील सोलिडारिटी इन्टरनेशनलले बीचैमा पढाई छाड्ने क्रम रोक्न यसरी झोला वितरण गर्न लागिएको जनाएको छ ।

२००८ मा स्थापना भएको संस्थाले प्रत्यक बर्ष एक हजार बालबालिकालाई शौक्षिक छात्रवृत्ति प्रदान गर्दै आइ रहेको छ । भुकम्प पछी २० बिधालय पुनर्निर्माण गरेको सोलिडारिटी इन्टरनेशनलले खानेपानी, श्वास्थ चौकी सम्रचना निर्माण गर्दै आइरहेको छ ।

विद्यार्थी भर्ना अभियानमा विद्यालय प्रवेश गरेपनी केही समय पछी विद्यार्थी बिधालयमा नियमित नहुने हुँदा यो अभियान सन्चालन गर्न लागिएको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।

अभियान गोर्खा, पर्बत, गुल्मी, बाग्लुङ, सिन्धुपाल्चोक लगाएतका जिल्लाका बालबालिकालाई लक्षित गरी सन्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend