logo
  • सोमबार, असोज १२ २०८३

राज्यले गर्नेकाम निजि क्षेत्रले गरेको छ : नगर उपप्रमुख शर्मा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी चैत्र २० ।
मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले राज्यले गर्नेकाम निजि क्षेत्रले गरेको भन्दै शिक्षामा भएको निजि लगानीको प्रशंसा गर्नुभएको छ । ज्ञानकुञ्ज वोर्डिङ स्कुल मुसिकोट नगरपालिका वडा नं. ३ बडागाउँ ठूलोपोखराको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उपमेयर शर्माले शिक्षाको गुणस्तर खस्किएको वेला निजि क्षेत्रले ठूलो योगदान गरेको वताउनुभएको हो।

उपमेयर शर्माले भन्नुभयो–“निजि क्षेत्रले राज्यले गर्ने काम गरेकै हो, अव राज्य जिम्मेवार बन्नुपर्छ, शिक्षाको सवै जिम्मा लिनुपर्छ”। शर्माले शिक्षाको क्षेत्रमा निजि क्षेत्रले लगानी गरेको भनेर राज्य उम्कन नमिल्ने भन्दै आफ्नो दायीत्व पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष कर्णध्वज जिसिले बडागाउँको शिक्षा क्षेत्रमा ज्ञानकुञ्ज वोर्डिङले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो। मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत अमर केसिले निजि स्कुल गुणस्तरमा धेरै अगाडि जानुपर्ने भन्दै स्कुललाई वाल वगैंचाको रुपमा विकास गर्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा एन प्याप्सन गुल्मीका सचिव श्रीराम महत, नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का खुम वहादुर थापा, कार्यपालिका सदस्य सरस्वती घिमिरे, ग्लोवल आइएमइ बैंक लिमिटेड वामीटक्सारका शाखा प्रवन्धक माधव उपाध्याय, पृथ्वी माविका पूर्व प्रअ दुर्गा सुर्यवंशि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रिन्सीपल बसन्त अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

औपचारीक कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पृथ्वी वहादुर थापाको अध्यक्षता, विद्यालयका कोअर्डिनेटर सरिता पौडेलको स्वागत मन्तव्य तथा भाइस प्रिन्सीपल कृष्ण भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको थियो। सो कार्यक्रममा कक्षा १ देखि ६ सम्म प्रथम, द्धितिय, तृतिय तथा विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गाएक राजन कार्कि र गायीका कला लम्सालले आफ्नो प्रस्तुती राख्नुभएको थियो। दर्जन भन्दा वढि नृत्य प्रस्तुत गरिएको सो कार्यक्रममा कलाकार, पत्रकार, सहयोगदाता, उत्कृष्ठ अभिभावक लगाएतलाई सम्मान गरिएको थियो।

बडागाउँ ज्ञानकुञ्ज वोर्डिङ स्कुलले हरेक वर्ष चैत्र २० गते वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै आएको छ। कक्षा ६ सम्म अध्ययन हुने सो विद्यालयमा करिव २ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend