साझा नेटवर्क
सजिना मोक्तान,टोकियो चैत्र २० । आइतवार साँझ आएको भीषण हावाहुरीका कारण प्रभावित तराईका बारा र पर्सा लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा २७ जना भन्दा बढीको मृत्यु र चारसय जना भन्दा बढी घाइते र घरवारविहिन बनेकाहरुका लागि सहयोग गर्ने उदेश्यले एनआरएनए जापानले सहयोग संकलन अभियानको संचालन गरेको छ ।
एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले हस्ताक्षर गरिएको पत्रमा हावाहुरीबाट घाइते भै बीरगंज र कलैयाका विभिन्न अस्पतालहरुमा उपचारतहरुको सिघ्र स्वास्थ्य लाभको कामना र मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ अपिलमा भनिएको छ ।
प्राकृतिक विपत्तीको यस घडीमा आ-आफ्नो क्षेत्रबाट उद्धार संगै पीडितहरुका लागि राहत संकलन अभियानमा सहयोगको लागि अपिल गर्दै जापानमा क्रियाशील सामाजिक संघसंस्था,व्यापारी,पत्रकार,विद्यार्थी,मजदुर,वुद्धिजिवी,सवैले हातेमालो गर्न जापानवासी नेपालीहरुमा हार्दिक अपिल समेत गरेको छ । यो अभियानवाट ५ लाख सम्मको सहयोग रासी उठाउने योजना रहेको बताइएको छ । जस्को लागि सहयोगी दाताहरुलाई जेपी वैङ्कको खाता नं 10010-52370361 मा ट्रन्सफर गर्न सजिलोका लागि राखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend