साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ चैत १७ ।
साझा नेटवर्कका रङ्ग पत्रकार सुर्य चन्द गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा.रामबरण यादबको हातबाट सम्मानित भएका छन् । काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्यूजिक अवार्डमा लामो समयदेखि रंग पत्रकारिताको माध्यमबाट गित संगीतको क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै प्रमुख अतिथि महामहिम डा. रामबरण यादबको हातबाट “कला पत्रकारिता सम्मान” गरिएको थियो ।

साहित्य एबम सस्कृतिको विकासमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा विशेष अतिथिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुन नरसिंह केसी वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल, च्यैत देबी लगायतका वरिष्ठ राजनीतिकर्मी, कलाकार, पत्रकार तथा समाज सेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend