logo
  • सोमबार, असोज १२ २०८३

६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खर्वाङमा अन्तरक्रिया सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ चैत १७ ।
सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा सहकारी ऐन तथा प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ। दिगो विकासको लक्ष्य प्राप्तीको लागि सहकारी भन्ने नारा सहित ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सो कार्यक्रम संचालन गरिएको हो।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार तथा नेफ्स्कुनका केन्द्रिय संचालक चण्डीप्रसाद शर्माले सहकारी ऐन, नितिनियम, सम्पत्ति सुद्धिकरण लगाएतको विषयमा जानकारी दिनुभएको थियो। कार्यक्रममा दिदि वहिनि वचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विष्णुमाया अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बडिगाड गाउँपालिका भित्र संचालनमा रहेका नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड, लालिगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेड, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्था लिमिटेड, मिलन व्यावसायीक कृषि सहकारी संस्था लिमिटेड, सारथी सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, सिवाइसि वचत तथा ऋण सहकारी संस्था लिमिटेड, गिरिंदी खोला लघुजलविद्युत सहकारी संस्था लिमिटेड, लगाएतका संस्थाका संचालक तथा सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, संचालक अञ्जु जिसिको स्वागत मन्तव्य तथा सचिव तेजिन्द्र थापा को संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend